राहत वितरणका लागि निर्देशिका, निर्देशिक विपरित भए कारवाही हुन्छ : प्रवक्ता डाँगी

चैत २१, २०७६

 

 “जसको घरका काम नगर्दा चुलो वल्दैन त्यसलाई मात्रै राहत दिने हो ” प्रवक्ता डाँगीले भने “जनतालाई भोकै मर्न स्थानीय सरकारले दिदैन”

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले राहत वितरणलाई व्यवस्थित वनाउनका लागि राहत वितरण निर्देशिक जारी गरेको छ । उपमहानगरपालिकाले विपन्न र ज्याला मजदुरी गर्ने गरिब जनताले राहत पाउन सकुन् भन्नका लागि यस्तो निर्देशिका जारी गरेको नगरप्रवक्ता सुर्यवहादुर डाँगीले जानकारी गराएका छन् ।

उनले निर्देशिका विपरित कसैले राहत लिएमा आवश्यक कारवाही अगाडी वढाइने पनि जानकारी दिए । “जसको घरका काम नगर्दा चुलो वल्दैन त्यसलाई मात्रै राहत दिने हो ” प्रवक्ता डाँगीले भने “जनतालाई भोकै मर्न स्थानीय सरकारले दिदैन” ।

उनले राहत वितरणका लागि खाद्यान्नको टेण्डर भएर खरिद भइसकेको जनाउँदै वडाबाट लिष्ट आउने वित्तिकै राहत वितरण गरिने पनि वताए । “हामीले आजैबाट वितरणलाई अगाडि वढाउदैछौ” प्रवक्ता डाँगीले भने ।

निर्देशिकामा दैनिक रुपमा काम गर्ने ज्याला मजदुरहरुलाई राहत वितरण गर्नुपर्ने उल्लेख गरेको छ । सामान ओसार पसार गर्ने, भरिया, गाडीबाट सामान लोड र अनलोड गर्ने, निर्माण कार्यमा संलग्न,ठेला पसले, सवारी चालक, रिक्सा चालक लगायतकालाई वितरण गर्नुपर्ने उल्लेख गरिएको छ ।
के छ निर्देशिकामा ?

  

प्रतिक्रिया दिनुहोस