दक्षिण एशियामा काेराेना, कहाँ कति प्रभावित

चैत २०, २०७६

काठमाडौं।

विश्वव्यापी महामारी बनेको कोभिड-१९ को प्रभाव नेपालसहितका दक्षिण एशियाली मुलुकमा पनि क्रमश: बढ्दो छ। दक्षिण एशियाका आठ देशमध्ये पाँच देशमा कोभिड-१९ को कारण मृत्य भइसकेको छ।

अहिलेसम्म नेपाल, भुटान र माल्दिभ्समा कसैको पनि ज्यान गएको छैन। बाँकी पाँच देशमा ज्यान गुमाउनेको संख्या दिन प्रतिदिन बढ्दो छ। २० चैत दिउँसोसम्ममा भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंकामा गरी १०२ जनाको ज्यान गइसकेको छ। दक्षिण एशियाका आठ देशमा संक्रमितको संख्या चार हजार ८५८ पुगेको छ।

सबैभन्दा धेरै संक्रमित पाकिस्तानमा छन्। दुई हजार २९२ संक्रमित रहेका पाकिस्तानमा ३१ जनाको मृत्यु भएको छ। दुई हजार ३२ संक्रमित रहेका भारतमा ५८ जनाको ज्यान गएको छ।

रआज दिउँसोसम्म ५६ जना संक्रमित भएका बंगलादेशमा ६ जनाको ज्यान गइसकेको छ भने २३९ जना संक्रमित भएका अफगानिस्तानमा चार जनाको ज्यान गएको छ। १४८ जना संक्रमित भएका श्रीलङ्कामा तीन जनाको मृत्यु भएको छ।

माल्दिभ्समा १९, नेपालमा ६ र भुटानमा पाँच जना संक्रमित भएको पाइएको छ। २० चैत दिउँसोसम्ममा विश्वभर ९ लाख ४९ हजार ७५० संक्रमित भएकोमा ४८ हजार २५९ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस