गढवामा आगलागी तीन घर जले 

चैत २०, २०७६

ओमप्रकाश गुप्ता ।

दाङ देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुुरमा बिहीवार दिउँसो करिब ३ बजेर ५० मिनटमा एक्कासी आगलागी भएको छ ।

आगलागीबाट ३ घर,२ गोठ,एक घुुम्ती पसल र २ भान्साघर पुुर्णरुपमा जलेर खरानी भएका छ । आगलागीबाट स्थानीय बिष्णुु रानाको घर तथा भान्साघर,भक्तबहादुुर सुुनारको गोठ,कृष्णबहादुुर सुुनारको पसल र घर तथा ऋषि रानाको घर,गोठ तथा भान्साघर नष्ट भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

आगलागीबाट घरमा रहेका लत्ता कपडा,खाद्यान्न,काठपात तथा फर्निचर र महत्वपुुर्ण कागजातहरु सबै जलेको अग्नीपिडीतहरुले बताएका छन् । आगलागी भएको खबर आएपछि गढवा गाउँपालिकाको दमकल र इलाका प्रहरी तथा स्थानीयले आगो निभाउने कार्यमा सहयोग गरेको र पछि लमही नगरपालिकाको दमकल पनि घटनास्थलमा आई आगो नियन्त्रणमा लिएको थियो ।

दुुवै दमकलमा पानी सकिएपछि पुुन राप्ती नदीमा गएर पानी ल्याई आगोलाई पुुर्णरुपमा निभाइएको गढवा गाउँपालिकाका बिपद् ब्यवस्थापन समितिका संयोजक प्रकाश भण्डारीले जानकारी दिएका छन् ।

आगलागीबाट क्षतिको बिवरण भने यकिन भएको छैन । प्रहरी कार्यालयको मुुचुुल्का तयार भएपछि मात्र क्षतिको विवरण आउने बताइएको छ । स्थानीय भक्तबहादुुर सुुनारको गोठ नजिकै बिद्युुत्तको ट्रान्फार्मर रहेको र सो को फ्युुजबाट निस्किीएको झिल्काले आगलागी भएको स्थानीयहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस