लकडाउन डायरी, समय खेर फाल्ने होइन प्रयोग गराै

चैत २०, २०७६

विजय जिएम

कोरोना भाइरस महामारीको प्रकोपलाई मध्यनजर गरेर अहिले देश लकडाउनमा छ । नेपाल मात्र होईन विश्वका महाशक्ति राष्ट्रहरु पनि यही अवस्थामा छन् । म पनि अन्य मानिसजस्तै पहिलोपटक भोगेको यो महामारीसँग एडजस्ट हुन खोजिरहेको छु । एडजस्ट हुन शुरुका दिनहरु अप्ठ्यारो नै हुने रहेछ । पहिलो अनुभव भएर होकि लकडाउनमा तनाव नै हुदोरहेछ । अत्यासलाग्दो रहेछ । के गरु ? कहाँ जाउँ ? हुँदोरहेछ ।
तर आजभोलि सहज अनुभव गरिरहेको छु । लकडाउनसँग परिचित भएको छु । बाँचेपछि सबै देखिन्छ भन्थे, हो रहेछ । सायद कसैले पनि सोचेका थिएनन् होला कि कुनै भाइरसको महामारीले गर्दा देश मात्र होईन, विश्व नै लकडाउन हुन्छ होला  भनेर । मलाई लकडाउनको नयाँ अनुभव भइरहेको छ । मृत्युसँग नडराउने को होला र ? बाँच्ने रहरले घरभित्रै बस्न बाध्य छु । होम क्वारेन्टाइनमा बसेको छु । परिवारसँग रमाएर बसेको छु । मैले अवसरको रुपमा लिएको छु । म मात्र होईन विश्वका जनताले लकडाउनका राम्रा नराम्रा अनुभव गरिरहेका छन् । चाल्स डार्विनले  “ बाँच्नको लागि संघर्ष” भने जस्तै अहिले हामी पनि कोरोना भाइरसको महामारीबाट बच्न संघर्ष गर्दैछौ ।

हामी मृत्युसँग डराइरहेका छौ तर मृत्युलाई जित्ने प्रयास गर्दैछौ । हामी कति कातर रहेछौ । मृत्युसँग डराउनेहरुले किन प्रकृतिलाई चुनौति दिएका होलान् ? सोच्न मन लाग्छ । प्राकृतिलाई हामीले धेरै चुनौति दियौ । अहिले प्राकृतिले हामीलाई चुनौति दिइरहेको छ । प्रकृतिलाई चुनौति दिनु कति कठिन हुँदोरहेछ । हामी भोग्दैछौ । हामी स्वतन्त्र सामाजिक प्राणी हौं । मलाई हामीभन्दा स्वतन्त्र पश्चिमी देशका मानिसहरुको स्वतन्त्रता खोसिएको जस्तो लाग्छ ।

लकडाउनलाई स्वतन्त्रतासँग जोडेर विरोध गर्ने पश्चिमी देशहरु कोरोना भाइरस महामारीबाट नराम्रोसँग प्रभावित भएका छन् । प्रजातन्त्रको ठेकेदार ठान्ने शासकहरु लकडाउनलाई अधिनायकवादको संज्ञा दिएर जनतालाई दिनदिनै मृत्युको मुखमा धकेलिरहेका छन् । कस्तो विडम्बना हो ।

लकडाउनको अधिकतम सदुपयोग गर्ने कोशिस गरिरहेको छु । दैनिक समय तालिका बनाएको छु । म आजभोलि ६ बजेतिर उठ्ने गर्दछु । मेरो लकडाउनको गतिविधि बिहान ६ बजेदेखि साँझ ११ बजेसम्म हुन्छ । सात बजेसम्म योगा र मेडिटेशन गर्छु । मन शान्त हुन्छ । योगा र मेडिटेशनपछि नुहाउँछु । शरीर हल्का र फ्रेस भएको महसुस गर्छु । बिहानको चिया नास्तासँगै दुई घण्टा जति समय समाचार हेर्ने र सुन्ने गर्छु । अनलाईन न्युज हेर्छु र पढ्छु । टिभी र युट्युव हेर्छु । देश विदेशका ताजा खबर थाहा हुन्छ । देश विदेशका साथीभाईसँग भाईवर र म्यासेन्जरमार्फत भिडियो कल गरेर हेल्लो हाई हुन्छ । सञ्चोबिसन्चोको बारेमा कुराकानी हुन्छ । धेरैजसो अहिलेको जल्दोबल्दो विषय कोरोना भाइरस महामारीबारे कुरा हुन्छ ।

शरीर हल्का र फ्रेस भएको महसुस गर्छु । बिहानको चिया नास्तासँगै दुई घण्टा जति समय समाचार हेर्ने र सुन्ने गर्छु । अनलाईन न्युज हेर्छु र पढ्छु । टिभी र युट्युव हेर्छु । देश विदेशका ताजा खबर थाहा हुन्छ । देश विदेशका साथीभाईसँग भाईवर र म्यासेन्जरमार्फत भिडियो कल गरेर हेल्लो हाई हुन्छ । सञ्चोबिसन्चोको बारेमा कुराकानी हुन्छ । धेरैजसो अहिलेको जल्दोबल्दो विषय कोरोना भाइरस महामारीबारे कुरा हुन्छ ।

आ–आफ्नो देश र ठाउँको वस्तुस्थितिको बारेमा सुचना आदानप्रदान हुन्छ । हामी नेपालीहरु सुरक्षित रहेको खबर सुन्दा खुशी लाग्छ तर विभिन्न देशमा कोरेना भाइरसका कारणले प्रत्येक दिन मृत्युको खबर सुन्दा भने दुःख लाग्छ । नेपालमा अहिलेसम्म त्यस्तो भयावह स्थिति छैन् । विदेशतिरको न्युजहरु हेर्दा र सुन्दा भने मनमा कताकता डर र त्रास लाग्दोरहेछ । कोरोनाको डर र त्रास त छदैछ, मनको डर र त्रास पनि छ । वनको बाघले खाओस नखाओस् तर मनको बाघले खाइरहेको छ ।

कोरोना र मनको डर र त्रास जित्ने प्रयास गरिरहेको छु । दश बजेतिर खाना खाएर केही समयको विश्रामपछि अनलाईन समाचारको माध्यमबाट देश विदेशको बारेमा जानकार हुन्छु । मेरो दिउँसो सुत्ने बानी छैन । कहिलेकाही सुत्ने गर्दछु । पठनसंस्कृति र लेखन सीपको विकासको लागि किताबहरु अध्ययन र लेख्ने गरिरहेको छु । शिक्षासँग सम्बन्धित भएको हुनाले शिक्षासँग सम्बन्धित किताबहरु पढ्ने गरेको छु । दिउँसो मज्जाले कहिले किताब पढ्छु, कहिले लेख्न शुरु गर्छु ।

कहिलेकाही घरायसी कामहरु पनि गरिरहेको हुन्छु । म पढ्ने समयमा गीतहरु सुन्ने गर्छु । कुनै समसामयिक विषयवस्तुमाथि लेख्नेबेला पनि गीत नै सुुन्ने गर्दछु । गीत संगितले मुड फ्रेस बनाउँछ । आनन्द दिन्छ । मनोरञ्जन प्रदान गर्छ । तनाव कम गर्छ । गीत संगितले जोश उमंग बढाउँछ । मलाई गीत संगीत शारीरिक तथा मानसिक स्वास्थ्य उपचार गर्ने विधि पनि हो जस्तो लाग्छ । म प्रायः सबै गीत सुन्छु । मेलोडियस, लोकगित, रोमान्टिक र लोकपप सबै गीतहरु सुन्छु । गीतहरु गुनगुनाउँछु ।

म बाथरुम सिंगर पनि हुँ । रामकृष्ण ढकालको “म हुरीमा दियो जलेको देख्छु, पानीमा आगो वलेको देख्छु,”, सागर आलेको सालैजो गीत “हा…. असारे महिना खहरे खोला सालैजो बगेको सुसाउदै, हा….मायालुसँग भेट होला भनी सालैजो मन यसै वुझाउदै” र कुमार सानु, आशा भोस्ले, उदित नारायण झा र अल्का याग्निकहरुको १९९० का सुमधुर गीतहरु सुन्ने गरेको छु । राजु लामा, शिव परियार, प्रमोद खरेल, राजेश पायल राईका गीतहरु पनि निकै कर्णप्रिय लाग्छ । सुनौं सुनौं जस्तो लाग्छ । लकडाउनले नयाँ पुराना गीतहरु सुन्ने अवसर मिलेको छ । गीतसंगीत सुनेर नै समय बितिरहेको छ । कहिले पुराना गीतहरु सुनेर विगतका दिनहरुको याद दिलाउछ त कहिले नयाँ गीतहरु सुनेर वर्तमानमा रमाउने गरेको छु ।

सुचना र प्रविधिको सहज पहुँच भएकाले समय समयमा मोबाइल, टिभी, युट्युव र एफएमहरुको माध्यबाट समाचार हेर्छु, पढ्छु र सुन्छु । कोरोना भाइरसको महामारीले गर्दा दिनदिनै मृत्यु भएका व्यक्तिहरुको दर्दनाक दृश्यहरु टेलिभिजनमा देख्दा पिडा हुन्छ । उपचाररत संक्रमित व्यक्तिहरुको कारुनिक चित्कार सुन्दा लाग्छ बाँच्न कति पिडा हुँदोरहेछ । विज्ञान र प्रविधिको क्षेत्रमा विश्वमा चमत्कार हुँदा पनि अझैसम्म कोरोना भाइरसको खोप र औषधि पत्ता लागेको छैन् । विश्वशक्ति राष्ट्रहरुले के खोज अनुसन्धान गरेका रहेछन् त ? के शक्ति राष्ट्रहरुले आफु बाँच्न र अरुलाई मार्न आम मानव विनाशकारी हतियारको मात्र खोज र अनुसन्धान गरेका हुन त ? प्रश्न गर्न मन लाग्छ । वैज्ञानिकहरु दिनरात खोप र औषधि पत्ता लगाउन प्रयास गरिरहेका छन् । तर अहिलेसम्म कुनै खोप र औषधि पत्ता लगाउन सकेका छैनन् । वैज्ञानिकहरुलाई चुनौति दिईरहेको छ ।

सुचना र प्रविधिको सहज पहुँच भएकाले समय समयमा मोबाइल, टिभी, युट्युव र एफएमहरुको माध्यबाट समाचार हेर्छु, पढ्छु र सुन्छु । कोरोना भाइरसको महामारीले गर्दा दिनदिनै मृत्यु भएका व्यक्तिहरुको दर्दनाक दृश्यहरु टेलिभिजनमा देख्दा पिडा हुन्छ । उपचाररत संक्रमित व्यक्तिहरुको कारुनिक चित्कार सुन्दा लाग्छ बाँच्न कति पिडा हुँदोरहेछ ।

यो दुःखको घडीमा सबै सहयोगि मनहरुले देश र जनतालाई सहयोग गरिरहेको देख्दा खुशी लाग्छ । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा पुर्व राजा ज्ञानेन्द्रले हिमानी कोषमार्फत दुई करोड रुपैया जम्मा गरेको छ । देशका विभिन्न ठाउँमा स्थानीय तह, प्रदेश र संघले गरीब र मजदुरीहरुलाई खाद्यान्नहरु वितरण गरिरहेका छन् । तुल्सीपुर नगर जेसिज अध्यक्ष मोहन स्वर्णकार लगाएतको टिमले एम्बुलेन्स चालक, प्रहरी र तुल्सीपुर उपमहानगरपालिकाको स्वास्थ्य शाखालाई सवस्थ्य सुरक्षा सामग्री पीपीई सहयोग गरेको छ । नव दुर्गा सामुदायिक वनका अध्यक्ष केशवराज सापकोटा र नवज्योति टोल विकास संस्थाका अध्यक्ष पदम पोख्रेलले विपन्न परिवारलाई तुलसीपुर फुड बंक मार्फत चामल सहयोग गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको मेयर विपत व्यवस्थापन कोषमा राप्ती बबई क्याम्पस परिवारका तर्फबाट क्याम्पसका अध्यक्ष विष्णु कुमार देवकोटाले आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको छ । समाजसेवी नेत्रमणि लामिछाने, सेवकराम भण्डारी, थलराज पुरी लगाएत विभिन्न सामाजिक संघसंस्थाहरुले मजदुर र स्वास्थ्यकर्मीहरुलाई आर्थिक र भौतिक सहयोग गरिरहेका छन् । सकारात्मक समाचारहरु सुन्दा मन हर्षित हुन्छ । नीजि विद्यालयहरुको छाता संगठन प्याब्सन जिल्ला र नगर कमिटीले पनि सहयोगको तयारी गरिरहेको छ । साँझको समयमा मोबाईल टिभिमा समाचारसँग अपडेट हुन्छु । स्पोर्टस च्यानलमार्फत फुटबलसँग सम्बन्धित पुनःप्रसारण गरिएका च्याम्पियन्स लिग र प्रिमियर लिग, क्रिकेटसँग सम्बन्धित आइपिएल र रेस्लिङहरु हेर्ने गरेको छु ।
कोरोना भाइरसका कारण फुटबल, क्रिकेट लगाएत सम्पुर्ण खेलहरु स्थगित गरिएको छ ।

स्टार प्लस, कलरस, सोनी लगाएत विभिन्न च्यानलबाट प्रसारण हुने केही सामाजिक सन्देश र मनोरञ्जन दिने सिरियलहरुको पनि नयाँ इपिसोडहरुको शुटिङ स्थगित गरिएको छ । पुराना र दोहोरिएका सिरियलहरु कहिलेकाही हेर्ने गर्छु । साँझको ७ः३० बजेतिर खाना खाएर आठ बजेको समाचार हेरेपछिपछि रातको ११ बजेसम्म केही नेपाली र साउथ इन्डियन मुभीहरु दैनिक हेर्छु । रातको ११ बजेपछि आनन्दले सुुत्छुु । लकडाउनको राम्रै सदुपयोग गरिरहेको जस्तो लाग्छ । लकडाउन दैनिकी जारी छ ।

प्रतिक्रिया दिनुहोस