कोरोना विपद् कोषमा यातायात व्यवसायीको एकमुष्ट १ लाख ५७ हजार सहयोग

चैत २०, २०७६


तुलसीपुर । कोरोना संक्रमणको विपदमा परेकाहरुको उद्दार, सहयोग र राहतका लागि तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको कोरोना विपद् कोषमा यस क्षेत्रका यातायात व्यवसायीहरुले संयुक्त रुपमा आर्थिक सहयोग गरेका छन् । तुलसीपुर क्षेत्रमा प्रधान कार्यालय रहेका ५ वटा विभिन्न यातायात प्रालीहरुले एकमुष्ट १ लाख ५७ हजार ७ सय ७५ सहयोग गरेका छन् ।
कोषमा त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालि अध्यक्ष सुरेश हमालले ५५ हजार ५ सय ५५, दाङ्ग टे«क्टर तथा यातायात ढुवानी सेवाका अध्यक्ष चिन्तामणी आचार्यले २५ हजार ५ सय ५५, अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालि अध्यक्ष ज्ञानवहादुर वस्नेतले २५ हजार ५ सय ५५ , साना मालवाहक यातायात ढुवानी सेवाका अध्यक्ष भुवन भुषालले २५ हजार ५ सय ५५ र तुलसीपुर यातायात प्रालिका अध्यक्ष पवनराज वुढाथोकीलेले २५ हजार ५ सय ५५ सहयोग गरेका हुन् ।
उपमहानगरपालिकाले ५० लाख रकम जम्मा गरेर स्थापना गरेको कोष स्थापना गरेको हो नेपाल इन्भेष्टमेन्ट वैकमा रहेको विपद् व्यवस्थापन कोषको ०३१०१०४०२५१८६० नम्वरको खातामा रकम जम्मा गरेर कोषलाई सहयोग गर्न सकिने उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वताए ।
उपमहानगरपालिकाले कोरोना सचेतना, क्वारेन्टाइन निर्माण, विपन्नलाई राहत वितरण लगायतका विभिन्न कामहरु गरिरहेको छ । आपतको समयमा सहयोग गर्नका लागि नगरप्रमुख पाण्डेले सबैलाई आव्ह्वान समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस