तुलसीपुरकाे क्वारेन्टाइन “मेनु”

चैत २०, २०७६

तुलसीपुर । करिब २ हजार विद्यार्थी भएको विद्यालय सुनसान छ । लकडाउनले वन्द भएपनि विद्यालयको गेटमा भने ताला लागेको छैन । कोरोनाको आशंका लागेको व्यक्तिलाई राख्नका लागि क्वारेन्टाइन वनाइएको छ, गुरुजजुर मावि रक्षाचौरमा ।

विहान साढे सात वज्दा अण्डा, चना, दुध, चिया लगायतको खाजा आइपुग्छ क्वारेन्टाइन कक्षमा । उपमहानगरपालिकाले क्वारेन्टाइन स्थलमै खाना र खाजाको व्यवस्था गरेको छ । देश वाहिरबाट आएका र संक्रमणको आंशका भएका व्यक्तिहरुलाई त्यहाँ राखिएको छ ।

पचास जनाका लागि तयारी गरिएको क्वारेन्टाइनमा वुधवारसम्म ७ जना आएका छन् । “अन्य ठाउँबाट पनि सम्पर्क भइरहेको छ, हामीले सबैलाई व्यवस्थापन गर्नेछौ” विपद् व्यवस्थापन शाखाका प्रमुख भिमप्रकाश खत्रीले वताए । उनले क्वारेन्टाइनमा रहने व्यक्तिहरुलाई तालिका वनाएर पोषिलो खाना खुवाएको कुरामा जोड दिए ।

क्वारेन्टाइनमा दुईपटक खाजा र दुई पटक खानाको व्यवस्था गरिएको छ । “खानामा पनि पोषिलो खालको कुरा हामीले खुवाईरहेका छौ” खत्रीले भने ।
दैनिक विहान साढे ७ वजे र दिउँसो साढे २ वजे विशेष खाजा हुने गरेको छ । खाजामा स्थानीय रुपमा उत्पादन हुने खालका कुरालाई प्राथमिकता दिइएको पनि खत्रीले वताए । उनले विहान साढे ११ वजे र साँझ साढे ७ वजे खानाको व्यवस्था गरिएको पनि वताए । “त्यहाँ वस्नेहरुले के कुरा मनपराउनुहुन्छ भन्ने कुरालाई ध्यान दिएका छौ” खत्रीले वताए ।
क्वारेन्टाइनमा वस्नेहरुका लागि व्यावसायिक कुकको व्यवस्था गरिएको छ ।
“दाल,भात, दुध, साग, तरकारी र दिन विराएर मासु समेत दिने गरिएको छ ” खत्रीले भने ।

प्रतिक्रिया दिनुहोस