कोरोना विशेष अस्पताल वेलझुण्डीबाट ७८ फिर्ता, ४ निगरानीमा

चैत १, २०७६


तुलसीपुर । प्रदेश सरकारले वेलझुण्डीमा स्थापना गरेको कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डबाट ७८ जना घर फर्किएका छन् । अस्पताल स्थापना भएदेखि त्यहाँ ८२ जना भर्ना भएकोमा अव ४ जना मात्रै रहेको कोरोना विशेष अस्पतालमा सदस्य सचिव एवम् राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सपुरीटेन्डेन्ट डा. सर्वेश शर्माले जानकारी दिए ।

डा. शर्माका अनुसार कोरोना विशेष अस्पतालको बहिरङ्ग सेवामा आएका ६५ जनालाई उपचार तथा आवश्यक परामर्श पछि घर पठाइएको थियो

त्यसैगरी आइसोलेसन वार्डमा निगरानीमा राखिएका १७ जना मध्ये ११ जनाको नमुना परीक्षण गर्दा नेगेटिभ देखिएको र सुरुवाती चरणमा भर्ना भएका २ जनाको अवस्था पनि सामान्य भएकाले घर पठाइएको मेसु शर्माले जानकारी दिए ।

आइसोलेशन वार्डमा मंगलवार २ जना र वुधवार २ जना सहित ४ जनालाई निगरानीमा राखिएको छ । ‘ अहिलेसम्म कोरोना भाइरसको संक्रमण देखिएको छैन,’– मेसु शर्माले भने ‘ आशा गरौ दाङमा सकारात्मक रिर्पोट नआउला ।’

प्रतिक्रिया दिनुहोस