बंगलाचुलीका जनप्रतिनिधि स्पीकर बोकेर गाउँगाँउमा

चैत १, २०७६

 

जीवन नेपाली

कमिरेचौर ।

कोरोना भाइरसका वारेमा  सचेतना फैलाउँदै हिड्ने काम गर्दै छन्र ,बंगलाचुली गाउँपालिका वडा नं.६ का वडा अध्यक्ष वेदुलाल घर्ती क्षेत्री । अरुवेला वडा कार्यालयमा विभिन्न काममा व्यस्त हुने उनको दैनिकी आजभोलि अलिक फरक छ । बिहान उठ्नेवित्तिकै वडा अध्यक्ष घर्तिले स्पिकर बोकेर कोरोनाबारे सचेत रहन गाउँभरी माइकिङ गर्दै हिँड्न सुरु हुन्छ ।

मोटरसाइकल चल्ने केही बाटोमा मोटरसाईकल चढेर पुग्छन्,  भने नपुग्ने ठाउँमा खुट्टाले हिडेरै माइकिङ गर्छन्। उनले माइकिङबाट जनतालाई एकैठाउँमा जम्मा नहुन ,सावुन पानीले हातधुन, एक अर्को संग भेटघाट नहुँन अनुरोध गर्छन। यही अनुरोध गर्दै उनी वडाको तिमीले, गँदारी, अमारे, रिभान, लगाएतका थुप्रै गाउँमा धाउनु हुन्छ ।यही काममा उहाँको विहान देखि बेलुका सम्मको रुटीननै बनेको छ ।

वडा अध्यक्ष  घर्ति, भन्छन् “पहिले पहिले जनतालाई सम्झाउन अलि गार्ह्रो भयो अहिले त्यस्तो छैन सबैले कोरोना बाट बच्नु पर्छ भन्ने सोच्नु भएको छ । गाउँघरमा अहिले लकडाउनको पालना भएको छ ।”

वडा अध्यक्ष घर्तीले गाउँमा कोरोना भाईरस बाट बच्नको लागि सचेतना जगाउने काम संगै वडाका टोललाई समेट्ने गरी स्वयंसेवक दल गठन गरेका छन् । वडा अध्यक्ष घर्तीको संयोजकत्वमा ११ सदस्यीय स्वयंसेवक दलले गाउँघरका टोल टोलमा कोरोना बाट बच्न जनतालाई सचेत पार्ने काम गरिरहेको बताए ।

,”हामी हरेक दिन कुनै न कुनै माध्यम बाट जनतालाई सचेत बनाउने काम गरी रहेका छौँ ।सञ्चारको सुविधा तथा सामाजिक सञ्जाल प्रयोग गर्नेहरुले के गर्न हुन्छ र के हुँदैन भन्ने बुझिरहेकै छन्। तर अलि दुर्गम टोल तथा बस्तीमा अवस्था त्यस्तो छैन।त्यसैले हामी निरन्तर सचेतना फैलाउने काम गरिरहेका छौ ।”उनले भने ।

उनी जस्तै वडा नं.३ का अध्यक्ष शोभाराज विश्वकर्मा पनि कोरोना भाईरसबाट बच्नको लागि जनतालाई सचेतना फैलाउने काममा दिनरात खटिएका छन्  ।उनले पनि विहान देखि वेलुकासम्म स्पिकर अनि माईक हातमा बोकेर कोरोना भाईरस बाट जनतालाई बच्नको लागि अनुरोध गर्दै हिड्ने काम गरेका छन् ।

अहिले बंगलाचुली गाउँपलिकाको विभिन्न वडाका वडा अध्यक्षहरु कुनै न कुनै तवरले कोरोना भाईरसबाट बच्नको लागि सबैलाई अनुरोध गर्दै हिडेका छन् । गाउँपालिको वडा नं. ५ मा झन सबैभन्दा पहिला देखिनै कोरोना भाईसरबाट बच्न विभिन्न गतिविधी भएको थियो । वडा नं.५ का अध्यक्ष एनुराज खत्रीको अगुवाईमा त्यहाँ स्वास्थ्य,तथा सरसफाई ,नमस्कार अभियान जस्ता कामको सुरुवात भएको थियो ।

बंगलाचुली गाउँपलिकाको वडा नं.५ मा अहिले पनि कोरोना बाट बच्नका लागि विभिन्न तवरबाट जनचेतना फैलाउने काम भएको वडाध्यक्ष खत्रीले वताए । त्यसैगरी गाउँपालिकाको ७ र ८ नम्वर वडाले पनि कोरोना बाट बच्नको लागि प्रत्येक दिन जनतालाई सचेत पार्ने काम गरीरहेको वडा नं.८ का अध्यक्ष गिरराज बाँठाले जानकारी दिए । वडामा स्वयंसेवक दल गठन गरेर गाउँगाउँमा जनतालाई सचेत पार्नेकाम गरिरहेको बताए ।

यसैगरी बंगलुचली गाउँपालिकाका स्वस्थ्यकर्मीहरुले पनि हरेक ठाउँमा जनतालाई सचेत पार्ने काम गर्दै जनताको सेवा गरेका छन् । गाउँपालकाको विभिन्न स्वास्थ्य संस्थाहरुका साथै गाउँपालिकाले स्थापना गरेको क्वारेनटाईन बाट समेत जनतालाई कोरोना भाईरसको बारेमा सचेत बनाउने काम भएको छ । बंगलाचुली गाउँपालिकामा भारत तथा तेस्रो मुलुक बाट गरेर १४ सय बढी स्थानिय गाउँ फर्केका छन् ।

 

प्रतिक्रिया दिनुहोस