बनघुस्रीमा किशोरीको रहस्यमय मृत्यु

चैत १, २०७६

 

ओमप्रकाश गुप्ता

भालुवाङ । दाङको देउखुरीमा एक किशोरीको मंगलबार विहान रहस्यमय मृत्यु भएको छ । गढवा गाउँपालिका वडा नम्बर १ वनघुस्री निवासी  १६ वर्षिय सपना श्रेष्ठ आफ्नै घरको कोठामा सलले पासो लगाएकाे अवस्थामा भेटिएकी हुन् ।

घटना हेर्दा आत्महत्या गरेको जस्ताे  देखिए पनि माइतीपक्षले भने ज्वाई सन्दीप रानाले  झुण्डाएको आरोप लगाएका छन् । गत फागुन ५ गते उनीहरूको प्रेम विवाह भएको थियो ।

मंगलबार बिहान ११ बजेको समयमा किशोरीको आफ्नै सुत्ने कोठामा रहस्यमय तरिकाले मृत्यु भएको बताइएको छ । मृतक किशोरीका श्रीमानले भने आफुले केही पनि नगरेको बताएका छन् । भने किशोरीका माइती पक्षले ज्वाईले छोरीलाई पिट्ने,गाली गर्दै आएको र लागु अैाषध सेवन गर्ने गरेका कारण पनि मारेर झुन्डिएको आरोप लगाएका छन् ।

इलाका प्रहरी कार्यालय गढवाले भने मृतक किशोरीको शारीरिक अवस्था र प्रकृति हेर्दा आत्महत्या गरेको हुन सक्ने बताएको छ । तर वास्तविक घटना विवरण भने पोष्टमार्टम भएर मेडिकल रिपोर्ट नआउदा सम्म केही भन्न नसकिने बताएको छ । माइती परिवारले संदिप विरूद्व किटानी जाहेरी दिने बताएका छन् ।

मृतक किशोरीको शव  लमही अस्पतालमा पोष्टमार्टमका लागि राखिएकाे छ ।

प्रतिक्रिया दिनुहोस