जम्मा हुँदै तुलसीपुर फुड वैकमा खाद्यान्न

चैत १, २०७६

 

 

 

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको फुड वैकमा खाद्यान्न जम्मा हुन थालेको छ ।
कोरोना संक्रमणको प्रकोपका कारण सरकारले जारी गरेको लकडाउनले खाद्यान्न अभाव भएका विपन्न वर्गलाई खाद्यान्न पुर्याउनका लागि स्थापना भएको फुडवैकमा इसाइ समुदाय दाङले २५ किलोको दरले २० वोरा चामल हस्तान्तरण गरेको छ ।

समाजमा टोपवहादुर महतराले विपद् व्यवस्थापन शाखा प्रमुख भित्रप्रकाश खत्री र प्रशासन शाखा प्रमुख अनन्त गौतमलाई यस्तो राहत हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा महतराले आवश्यकता अनुसार अन्य सहयोग पनि उपलब्ध गराउने जानकारी गराएका थिए ।
उपमहानगरपालिकाले एकद्धार प्रणालीबाट राहत वितरण गर्नका लागि वैकको स्थापना गरेको थियो । राहत वितरणका लागि सम्पूर्ण वडाध्यक्षलाई सक्रिय वनाइएको छ ।

प्रतिक्रिया दिनुहोस