तुलसीपुरमा विपद् व्यवस्थापन समितिको वैठक, अत्यावश्यक खाद्यान्न तत्काल आपूर्ति गरिने

चैत १, २०७६

तुलसीपुर । कोरोना संक्रमणको प्रकोपलाई लक्षित गरेर थप सतर्कता अपनाउनका लागि तुलसीपुर उपमहानगरपालिका विपद् व्यवस्थापन समितिले विभिन्न सरोकारवाला पक्षसँग छलफल गरेको छ । सुरक्षा निकाय, यातायात व्यवसायी, उद्योग वाणिज्य संघ, स्वास्थ्यकर्मी लगायतकासँग संकट समाधानका लागि छलफल गरिएको हो ।

छलफलका क्रममा एकद्धार प्रणालीबाट राहत वितरण गर्नुका साथै पारदर्शी ढँगले वितरण गरिने निर्णय गरिएको छ । राहत वितरण पारदर्शी वनाउनका लागि उपमहानगरपालिकाले राहत लिनेको फोटो समेत सार्वजनिक गर्ने भएको छ । “अत्यावश्यक वाहेक सवैले राहत मागेकाले, आवश्यकले मात्रै राहत पाउन सकुन् भन्नका लागि यस्तो निर्णय गरिएको हो ” विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले वताए ।
टोल विकास संस्थाको सिफारिसमा वडाध्यक्षले नै पहिचान, छनोट र वितरण गर्ने कामलाई अगाडि वढाउने पनि निर्णय गरिएको छ । यसैगरी उपमहानगरपालिका भित्र कुनै पनि उपभोग्य वस्तुको अभाव हुन नदिनका लागि उपमहानगरपालिकाले सर्बै सरोकारवाला निकायसँग सहकार्य गर्ने पनि भएको छ । “केही जटिलता भएमा हामीलाई भन्नुहोस् तर जनताले उपभोग्य वस्तुको अभावमा दुख पाउनुहुँदैन” नगरप्रमुख घनश्याम पाण्डेले भने ।

यसैविच वैठकले कोराना प्रकोपको अवस्था अहिले भन्दा पनि जटिल भएमा के गर्ने भन्ने बारेमा योजना निर्माण गर्नका लागि समिति वनाएको छ । इलाका प्रशासन कार्यालय, स्वास्थ्य महाशाखा, विपद् व्यवस्थापन समिति, तुलसीपुर उद्योग वाणिज्य संघ,प्रशासन महाशाखालाई यस्तो जिम्मेवारी दिइएको हो ।

वैठकले तरकारी, डेरी, माछा,मासु विक्री वितरणलाई व्यवस्थित गराउनका लागि सामाजिक दुरी कायम गर्ने भएको छ । यसैविच कुखुरा व्यापारीहरुको समस्यालाई मध्यनजर गरेर उच्च सतर्कताका साथमा विहान ७ देखि ९ वजेसम्म मासु वितरण खुला गर्ने समेत निर्णय गरेको छ ।

यसैविच वैठकमा एकद्धार प्रणालीबाट राहत वितरण गर्नका लागि कोरोना संक्रमणको प्रकोपमा परेकाको उद्दार, राहतका लागि उपमहानगरपालिकाको विपद् व्यवस्थापनका लागि वनाएको मेयर विपद् व्यवस्थापन कोषको खाता नम्वर ०३१०१०४०२५१८६० मा सहयोग रकम जम्मा गर्नका लागि सबैमा अनुरोध गर्ने निर्णय गरिएको छ ।

उपमहानगरपालिकाले ५० लाख जम्मा गरेर कोषको स्थापना गरेको हो । वैठकले तरकारी, डेरी, माछा,मासु विक्री वितरणलाई व्यवस्थित गराउनका लागि सामाजिक दुरी कायम गर्ने भएको छ । यसैविच कुखुरा व्यापारीहरुको समस्यालाई मध्यनजर गरेर उच्च सतर्कताका साथमा विहान ७ देखि ९ वजेसम्म मासु वितरण खुला गर्ने समेत निर्णय गरेको छ ।

विपद् व्यवस्थापन समिति संयोजक नवराज लामिछानेको अध्यक्षतामा वसेको वैठकमा नेकपाका नगर अध्यक्ष खुसीराम चौधरी, नेपाली काँग्रेसका जगतवहादुर खड्का, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि शुक्रराज भण्डारी, संघीय समाजवादीका जीवन भण्डारी, तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजाल, त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमाल, इलाका प्रशासन कार्यालयका प्रमुख श्रीधर टण्डन, इलाका प्रहरी कार्यालय प्रमुख हरिहरनाथ योगी, विपद् व्यवस्थापन समिति सदस्य विरेन्द्र शाह,स्वास्थ्य कार्यालय दाङका प्रमुख सुनिता पौडेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस