केन्द्रीय बैंकको सर्कुलरप्रति औषधि व्यवसायीको आपत्ति

बैशाख १८, २०७७

तुलसीपुर । केन्द्रीय बैंकको वित्तिय नियमन विभागको सर्कुलर पक्षपातपूर्ण भएको नेपाल औषधि थोक व्यवसायी संघ केन्द्रीय समितिको ठहर छ । अहिलेको संकटपूर्ण अवस्थामा अन्य व्यवसायीलाई बैककाे ऋणमा २ प्रतिशतले व्याज कम गरेको भएपनि औषधि व्यवसायीलाई उक्त सुविधा नदिएको भन्दै समितिले विज्ञप्ती जारी गरेर आपत्ति प्रकट गरेको हो ।

समितिका केन्द्रीय अध्यक्ष शिवराज बाँस्कोटाले जारी गरेको विज्ञप्तीमा लकडाउनको समयमा विभिन्न जोखिम मौल्दै औषधि व्यवसायीले काम गरेको भन्दै अन्य व्यवसायी सरह व्याजदर कम हुनुपर्ने उल्लेख गरिएको छ । “ तमाम औषधि व्यवसायीले संकटको घडिमा आर्थिक लाभको लागि मात्रै काम गरेको भन्ने बुझाइ सहित केन्द्रीय बैकले उपेक्षा गर्नु दुखपूर्ण छ ” विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा औषधि व्यवसायीको उत्साह र उर्जामा कमी आउँन नदिनका लागि केन्द्रीय बैकले उचित कदम चाल्नेछ भन्ने विश्वास समेत व्यक्त गरिएको छ । “औषधि व्यवसायीलाई फरक दृष्टिले हेरे भोलिका दिनमा व्यवसाय समेत वन्द गर्ने स्थिती आउँन सक्छ” विज्ञप्तीमा चेतावनी समेत दिइएको छ ।

प्रतिक्रिया दिनुहोस