तुलसीपुरमा कक्षा ८ को नतिजा प्रकाशित
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाले लिएको नगर स्तरिय आधारभुत तह उत्तिर्ण कक्षा ८ को नतिजा सार्वजनिक गरेको छ । कार्यवाहक नगरप्रमुख सुर्यवहादुर डाँगीले नतिजाको सफ्टवेरमा क्लिक गरेर नतिजा सार्वजनिक गरेका हुन् । लकडाउनलाई मध्यनजर गरेर उपमहानगरपालिकाले सफ्टवेयरबाट मात्रै नतिजा सार्वजनिक गरेको हो ।
परीक्षा समितिका सदस्य सचिव चक्र भण्डारीका अनुसार सामदायिकबाट १ हजार ९ सय ७३ र संस्थागतबाट २ हजार ६७ विद्यार्थी सहभागी भएका थिए ।
कोरोना संक्रमणका कारण निर्धारित समयभन्दा अगावै फागुन २८ गतेदेखि चैत्र ५ गतेसम्म परीक्षा सञ्चालन भएको थियो । ३१ वटा सामुदायिक विद्यालय र ५६ वटा संस्थागत विद्यालयहरु परीक्षामा समावेश भएका थिए । परीक्षा समितिका सदस्य सचिव चक्र भण्डारीका अनुसार सामदायिकबाट १ हजार ९ सय ७३ र संस्थागतबाट २ हजार ६७ विद्यार्थी सहभागी भएका थिए ।
परीक्षामा सामेल विद्यार्थीहरु मध्ये २ हजार २ सय ३५ छात्रा र १ हजार ५ छात्र समावेश भएका थिए । “विद्यार्थीहरुले जति नम्वर ल्याएको भएपनि कक्षा चढाउने प्रावधान छ ” शिक्षा शाखा प्रमुख भाष्कर गौतमले वताए । उनले सामुदायिक भन्दा संस्थागत विद्यालयको नतिजा वढि आशाजनक रहेको पनि वताए ।
स्थानीय सरकार सञ्चालन ऐन अनुसार आधारभुत तहको परीक्षा स्थानीय तहले लिने गरेका छन् । “नेपाली, अंग्रेजी, गणित र विज्ञान विषयको शिक्षा शाखा मार्फत उत्तरपुस्तिका जाँच हुने गरेको छ” सदस्य सचिव भण्डारीले वताए ।
अन्य विषयको उत्तरपुस्तिका विद्यालयमै जाँचिने गरेको छ । उनले लकडाउनका कारण कापी जाँच्न ढिलाइ भएकाले नतिजा पनि केही ढिला भएको वताए । “तर पनि दाङ्गमा हामीले नै पहिलो पटक नतिजा निकालेका हौं” उनले भने ।
यसैविच नतिजा सार्वजनिक गर्दै कार्यवाहक नगरप्रमुख सुर्यवहादुर डाँगीले विषम परिस्थितिका वावजुद पनि नतिजा प्रकाशन गरेकोमा धन्यवाद दिएका थिए ।
“हामीले हाम्रा सबै कामहरुलाई प्रविधि मैत्री नै वनाउनुपर्दछ ” डाँगीले भने । उनले शिक्षाको गुणात्मक विकासका लागि उपमहानगरपालिकाले विशेष योजना वनाएर अगाडि वढ्न लागेको वताएका थिए ।
विद्यालयहरुले नतिजा प्रकाशनको वेवसाईट iemis.doe.gov.np मा क्लिक गरेर विद्यालयको युजर नेम र पासवर्ड राखेपछि विद्यालयको नतिजा देखिनेछ ।
शिक्षा समितिका संयोजक देवराज विश्वकर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
प्रतिक्रिया दिनुहोस