घरमै भत्ता पाएपछि ज्येष्ठ नागरिकले भने, ‘भोट हालेको काम लाग्यो’

बैशाख १८, २०७७  |  ६१४ पटक पढिएको

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १८ का वडाध्यक्ष माधव वली हातभरि पैसा बोकेर गाउँगाउँ डुलिरहेका छन् । लकडाउनको जोखिममा पनि उनी जनताका लागि यसरी गाउँ गाउँ हिडेका हुन् । ‘केही नभएको वेलामा यही पैसाले पनि केही राहत होला’ वडाध्यक्ष वलीले भने ।

जनता लकडाउनका कारण वैकसम्म जान सक्ने अवस्था नभएकाले घरघरमै पैसा वाँडिरहेको पनि उनले वताए । वडाध्यक्ष नै घरमा पैसा लिएर आएपनि ज्येष्ठ नागरिकहरुले निकै राहतको महसुस गरिरहेका छन् ।

कोरोना भाईरस(कोभिड–१९) को महामारीलाई मध्यनजर गरि गरिएको लकडाउनको समयमा जेष्ठ नागरिक, अपाङ्गता, एक महिलालगायतलाई समस्या हुने भन्दै घरमै सामाजिक सुरक्षा भत्ता वितरण थालिएको हो ।

अहिले सामाजिक सुरक्षा भत्ता कतिपय बैकहरुले दिन नमानेको र दिएपनि न्यून मात्रामा उपलब्ध गराएकाले आफ्ना वडावासीहरुलाई घर–घरमा नै लगेर भत्ता दिन थालिएको वडाध्यक्ष माधव वलीले बताए । तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का जनप्रतिनिधि,कर्मचारी र टोल बिकास समितिका पदाधिकारीहरुसंग समन्वय गर्दै वडाले विभिन्न चरणहरु विभाजन गर्दै सामाजिक सुरक्षा भत्ता घरमा नै पु¥याउन थालेको हो ।

 

पहिलो चरणमा प्रत्येक टोलहरुबाट ५/५ जना गरि एक सय ३१ जनालाई घर–घरमा नै लगेर वडाले सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । सामाजिक सुरक्षा भत्ता पाउनेको नामावली टोल विकास संस्था मार्फत संकलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस