नेकपाको विवादले जनतामा निराशा – पूर्वसभामुख महरा

बैशाख १७, २०७७

 

महराको विज्ञप्तिमा भनिएको छ- ‘यस्तो जटिल अवस्थामा दलहरूबीच एकता र सहकार्य हुनुपर्नेमा विवाद देखिनुलाई राम्रो मान्‍न सकिँदैन।’

 

तुलसीपुर । प्रतिनिधिसभाका पूर्वसभामुख कृष्‍णबहादुर महराले हाल सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवादले अम जनतामा निराशा उत्पन्‍न भएको बताएका छन्।

आज एक विज्ञप्तिमार्फत दाङ निर्वाचन क्षेत्र नम्बर २ का सांसद महराले अहिलेको विषम परिस्थितिमा राष्‍ट्रिय एकता अपरिहार्य देखिएको उल्लेख गरेका छन्।

‘हालको अवस्थामा सबै दल तथा जनसमुदाय मिलेर कोरोना भाइरसविरुद्ध संघर्ष गर्ने बेला हो,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो जटिल अवस्थामा दलहरूबीच एकता र सहकार्य हुनुपर्नेमा विवाद देखिनुलाई राम्रो मान्‍न सकिँदैन।’

दलहरूबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडि बढ्न महराले अपिल पनि गरेका छन्।

प्रतिक्रिया दिनुहोस