रहेनन् भारतका चर्चित अभिनेता इरफान खान

बैशाख १७, २०७७

 

 

स्लमडग मिलिनियर’, ‘ज्युरासिक वर्ल्ड’, ‘द अमेजिङ स्पाइडर–म्यान’ र ‘लाइफ अफ् पाई’ जस्ता अन्तर्राष्ट्रिय ब्लकबस्टर फिल्ममा उनको प्रमुख भूमिका छ।

 

भारतका मशहुर अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ। आन्द्रामा संक्रमण भएपछि मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार भर्ना भएका खानको आज निधन भएको हो। सन् २०१८ मा उनलाई न्युरोइन्डोक्राइन ट्युमर भएको फेला परेको थियो।

ट्युमरको उपचार गराउन सन् २०१९ मा उनी देश बाहिर थिए। त्यतिबेला उनले निर्देशक होमी अदजानियाको फिल्म ‘अंग्रेजी मिडियम’मा काम गर्दै थिए। त्यही नै उनको अन्तिम फिल्म बन्न पुग्यो।

उक्त फिल्म सार्वजनिक हुनु अघि खानले आफ्ना फ्यानहरूलाई भिडिओ म्यासेज पठाउँदै भनेका थिए, “हामीसँग सकारात्मक हुनु बाहेक अरू विकल्प छैन। हामीले यो फिल्म सकारात्मकतासहित बनाएका छौं।”

खानले भारत र भारत बाहिरका विभिन्न कम्पनीमा दशकौं बिताएका छन्। ‘स्लमडग मिलिनियर’, ‘ज्युरासिक वर्ल्ड’, ‘द अमेजिङ स्पाइडर–म्यान’ र ‘लाइफ अफ् पाई’ जस्ता अन्तर्राष्ट्रिय ब्लकबस्टर फिल्ममा उनको प्रमुख भूमिका छ।

भारतमा पनि उनले अकादमी अवार्ड प्राप्त गर्न सफल फिल्म ‘सलाम मुम्बई’ मा काम गरेका थिए। मकबुल (२००४), पान सिंह तोमार (२०११), द लन्चबक्स (२०१३), हैदर (२०१४), गुन्डे (२०१४), पिकु (२०१५), तलवार (२०१५) र हिन्दी मिडियम (२०१७) उनका चर्चित फिल्म हुन्।

 

प्रतिक्रिया दिनुहोस