कोरोनाबाट एकैदिन ६ हजार ३६५ को मृत्यु

बैशाख १७, २०७७

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ६ हजार ३६५ जनाको मृत्यु भएको छ भने ७६ हजार ५६२ जना संक्रमित थपिएका छन्।

वर्ल्डोमिटर्सका अनुसार मंगलबार सबैभन्दा धेरै मृत्यु अमेरिकामा भएको छ। त्यहाँ एकैदिन २ हजार ४७० जनाको मृत्यु भएको छ भने २५ हजार ४०९ जना संक्रमित थपिएका छन्।

त्यस्तै स्पेनमा ३०१ जनाको मृत्यु भएको छ भने २७ सय ६ जना संक्रमित थपिएका छन्। इटालीमा भने ३८२ जनाको मृत्यु भएको छ भने २ हजार ९१ जना संक्रमित थपिएका छन्।

त्यस्तै फ्रान्समा ३६७ जनाको मृत्यु भएको छ भने २६ सय ३८ जना संक्रमित थपिएका छन्। बेलायतमा भने ५८६ जनाको मृत्यु भएको छ भने करिब ४ हजार संक्रमित थपिएका छन्।

त्यस्तै विश्वभर कोरोना संक्रमितको संख्या ३१ लाख ३८ हजार ९७ पुगेको छ। त्यस्तै मृत्यु हुनेको संख्या २ लाख १७ हजार ९६८ पुगेको छ।

सबैभन्दा धेरै अमेरिकामा १० लाख ३५ हजार बढी संक्रमित रहेका छन् भने ५९ हजार २ सय बढीको मृत्यु भएको छ

प्रतिक्रिया दिनुहोस