तुलसीपुरकाे वडा वडामा औषधी पुग्याे

बैशाख १६, २०७७

तुलसीपुर, १६ बैशाख । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रर्वद्धन शाखाले  लकडाउनका समयमा अभाव नहाेस्र भन्नका लागि वडा वडामा औषधी पुर्याएकाे छ ।  दीर्घरोगी विरामीहरुका लागी १५ दिनलाई  पुग्ने औषधी स्वास्थ्य संस्थामा पठाएको हाे  ।

उपमहानगरपालिका क्षेत्र भित्र बसोबास गर्ने दीर्घरोगी विरामीहरुको तथ्याङक संकलन गरी उनीहरुलाई १५ दिन सम्म पुग्ने गरी औषधी सम्वन्धित स्वास्थ्य संस्थामा पठाईएको जनस्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिएका छन् ।

उपमहानगरपालिकाले दीर्घ राेगीहरूलाइ घरमै औषधी पुर्याइरहेकाे छ । केसीका अनुसार  उच्चरक्तचाप तथा मुटुरोग,

मधुमेह लगायत विभिन्न ३९ राेगका औषधी १५  दिनलाई पुग्ने गरि स्वास्थ्य संस्थामा पठाईएको छ।

 साथै दीर्घरोगी विरामी मध्ये अपाङ्गता तथा जेष्ठ नागरिकभएका व्यक्तिहरुको घरमै औषधी लैजाने व्यवस्था मिलाएको उनले बताएका छन् । यस्तै मधुमेहका विरामीले प्रयोग गर्ने औषधि भने फार्मेसी एसोसिएसनको पहलमा होमडेलीभरी निशुल्क हुनेगरि परामर्श गरि घरैमा लैजाने गरिएको छ।यसरी घरैमा औषधि पुर्याउदा औषधिको रकम भने औषधि खाने व्यक्तिले तिर्नुपर्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस