साझालाई सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको पत्र

बैशाख १६, २०७७

दाङ, बैशाख १६ । दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बन्द रहेको साझा स्वास्थ्य सेवालाई सञ्चालनमा ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्र पठाएको छ । मन्त्रालयको सोमवार भएको सचिवस्तरीय निर्णयअनुसार साझा स्वास्थ्य सेवा सञ्चालनका लागि ब्यवस्था गर्न मन्त्रालयले जिल्ला प्रशासन कार्यालय दाङलाई पत्र पठाएको हो ।

‘प्रस्तुत बिषयमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको साझा स्वास्थ्य सेवा विश्वभरि महामारीको रुपमा फैलिएको कोभिड १९ को बेलामा औषधि पसल बन्द रहेकोमा पछि भएको सम्झौताअनुसार हुने गरी हाललाई साझा स्वास्थ्यबाट सञ्चालन औषधि पसल सञ्चालन हुने ब्यवस्था गर्न त्यस कार्यालयलाई लेखिपठाउने भनी यस मन्त्रालयको (सचिवस्तर) मिति २०७७/१/१५ को निर्णयअनुसार अनुरोध छ’, पत्रमा भनिएको छ ।

पत्रको बोधार्थ भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पठाइएको छ । सो मन्त्रालय माताहत नै साझा स्वास्थ्य सेवा सञ्चालनमा छ । केही हप्ता अघि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको विवादपछि साझा स्वास्थ्य सेवा बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस