लकडाउनमा किन भयो बैकमा ज्येष्ठ नागरिकको भिड ?, बैक भन्छन् ‘पैसा खातामा छ, पछि निकाल्दा हुन्छ’

बैशाख १६, २०७७  |  ८० पटक पढिएको

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाका वैकहरुमा आजभोलि ज्येष्ठ नागरिकको वाक्लै भिड देखिन्छ । सरकारले कोरोना संक्रमणलाई मध्यनजर गरेर लकडाउनको घोषणा गरेको भएपनि वैकको गेटदेखि बाटोसम्म ज्येष्ठ नागरिकहरु लामवद्ध भएको देखिन्छ । कोरोना संक्रमणका लागि सबैभन्दा जोखिम वर्ग मानिने ज्येष्ठ नागरिकहरु यसरी भिडमा देखिदा संक्रमणको डर थप फैलिएको छ ।

‘सबैको पैसा उहाँहरुकै खातामा हालिसकेका छौँ यसरी भिड गर्नुको कुनै अर्थ नै छैन’ तुलसीपुरमा रहेको एक वैकका म्यानेजरले वताए । उनले ज्येष्ठ नागरिहरुलाई वैकिङ्ग प्रणालीका वारेमा जानकारी दिन नसक्दा यस्तो समस्या आएको समेत वताए । ‘आज नै पैसा झिकिएन भने त्यो फिर्ता जान्छ भन्ने सोचेर उहाँहरु आउनु भएको हो’ उनले भने । खातामा पैसा आएको म्यासेज जाने वित्तिकै ज्येष्ठ नागरिकहरु आएको पनि उनले वताए ।

तुलसीपुर उपमहानगरपालिकाले सामाजिक सुरक्षाको भत्ता वुझ्नेहरुलाई आर्थिक समस्या नपरोस् भनेर खातामा पैसा हाल्न पठाएको नगर प्रवक्ता सुर्यवहादुर डाँगीले वताए । उनले अफ्ठेरोमा परेकाले पैसा लिन सकुन भनेर यस्तो गरिएपनि सबैले झिक्न खोज्दा समस्या आएको वताए । ‘सबैका घरमा जान्ने मान्छे होलान् उहाँहरुले सम्झाउनुभयो भने यस्तो हुँदैन’ डाँगीले स्थानीय सरकारले पनि वडा तहबाट यस्तो सूचना सम्प्रेषण गरिरहेको जानकारी दिए ।

किन तुलसीपुरमा मात्रै भिड ?

संघीय सरकारले सशर्त रुपमा खर्च गर्नका लागि उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत आउने गर्दछ । दाङ्गका १० स्थानीय तहमध्ये तुलसीपुर उपमहानगरपालिकाले लकडाउनमा विपन्न वर्गका जनतालाई खानको समस्या नहोस् भनेर खातामा पैसा हाल्न लगाएको थियो ।

‘हामीले उहाँहरुको खातामा पैसा राख्नका लागि भनेका थियौ, निकै अफ्ठेरोमा परेकाले निकाल्न सक्नुहोस् भन्ने थियो तर सबै आउँदा अलि गाह्रो भयो’ तुलसीपुर उपमहानगरपालिकाका लेखा अधिकृत वासुदेव अधिकारीले वताए ।

वित्तिय साक्षरताको कमी

ज्येष्ठ नागरिकहरुलाई वित्तिय साक्षरता नहुँदा यस्तो समस्या आएको सरोकारवालाहरु वताउँछन् । ‘उनीहरुको खातामा पैसा जान्छ र त्यो घरमा आफुसँग राखेभन्दा पनि सुरक्षित हो भन्ने ज्ञान दिलाउनु आवश्यक छ ’ प्रवक्ता डाँगीले वताए । उनले विभिन्न वैकमा भएको भिडको अवलोकनका क्रममा वित्तिय साक्षरताकै कमी देखिएको वताए । ‘ज्येष्ठ नागरिकलाई घरमा पनि जान्नेले सचेत वनाएको देखिएन ’ डाँगीले भने ।उनले ज्येष्ठ नागरिकलाई यस्तो वेलामा वैकमा पठाउन नहुने समेत वताए ।

तुलसीपुर उपमहानगरपालिका भित्रमा १२ हजार १ सय ५९ जनाले सामाजिक सुरक्षा भत्ता वुझ्नेहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस