एक महिनामा कोरोना कोषमा २ अर्ब १७ करोड जम्मा

बैशाख १६, २०७७

सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एक महिनाको अवधिमा करिब २ अर्ब १७ करोड रुपैयाँ जम्मा भएको छ। कोषमा गत चैत ११ गतेदेखि रकम संकलन गर्न सूरु गरिएको हो।

सोमबार कोषमा एमआइटी ग्रुप फाउण्डेसनले ३ करोड रुपैयाँ प्रदान गरेको छ। सोही दिन नेपाल एलपी ग्याँस उद्योग संघले १५ लाख रुपैयाँ कोषमा जम्मा गरेको छ।

सोमबार नै निर्वाचन आयोगले ४ लाख ९३ हजार ९ सय ३५ रुपैयाँ, धनुषा जिल्ल अदालतले ३ लाख ९८ हजार २ सय ९० रुपैयाँ, डिभिजन वन कार्यालय रौतहटले ३ लाख ६७ हजार ७ सय ६१ रुपैयाँ, सिराहा जिल्ला अदालतले ३ लाख २ हजार ३ सय २३ रुपैयाँ कोषमा जम्मा गरेका थिए।

यस्तै, कोषमा सोमबार राप्ती प्राविधिक शिक्षालयले २ लाख २३ हजार ७ सय ६१ रुपैयाँ, कुन्दनराज अधिकारी र मुना अधिकारीले २ लाख रुपैयाँ, सेती प्राविधिक शिक्षालयले १ लाख ७४ हजार ८ सय २३ रुपैयाँ, तामाकोशी गाउँपालिकाले १ लाख ५३ हजार ७ सय १९ रुपैयाँ, बैतडी जिल्ला हुलाक कार्यालयले १ लाख ४० हजार ५ सय ५९ रुपैयाँ, भुपबहादुर केसीले १ लाख २९ हजार ८ सय ५६ रुपैयाँ, बर्दिवासस्थित अन्तियारको कार्यालयले १ लाख २१ हजार ५ सय ४० रुपैयाँ, धनुषा जिल्ला प्रशासन कार्यालयले १ लाख २१ हजार ३ सय २० रुपैयाँ, देवही गोनाही नगरपालिकाले १ लाख १४ हजार ६ सय ४३ रुपैयँ र अन्यले ४२ लाख ५ हजार १ सय २४ रुपैयाँ जम्मा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजक रहेको नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको चैत ११ गते बसेको बैठकले उपचार कोष स्थापना गर्ने निर्णय गरेको थियो। सोही अनुसार सरकारले कोषको राष्ट्रिय बैंकमा रहेको खाता नम्बर १९६०००००११०१ मा रकम जम्मा गर्न सबैलाई आग्रह गरेको थियो।

प्रतिक्रिया दिनुहोस