कस्ताे छ सार्क राष्ट्रमा काेराेनाकाे प्रभाव ?

बैशाख १६, २०७७

सार्क देशहरुमा कोरोनाको संक्रमण अन्य देशहरुमा भन्दा निकै कम देखिन्छ । भारतमा यसको प्रभाव निकै उच्च रहेको छ भने संक्रमणबाट भुटान निकै कम प्रभावित छ ।

भारतमा सोमबार १ हजार ५ सय भन्दा बढी मानिस संक्रमित भएका छन् भने ५८ जनाको मृत्यु भएको छ। योसँगै भारतमा संक्रमितको संख्या २९ हजार ४ सय ५१ पुगेको छ। मृत्यु हुनेको संख्या ९ सय ३९ पुगेको छ। ७ हजार १ सय ३७ जना मानिस निको भएर घर फर्किसकेका छन्।

पाकिस्तानमा एकै दिनमा ५ सय भन्दा बढी मानिस संक्रमित थपिएको तथ्यांक छ। सोमबार  पाकिस्तानमा ११ जनाको मृत्यु भएको छ। योसँगै पाकिस्तानमा संक्रमितको संख्या १३ हजार ९ सय १५ पुगेको छ। २ सय ९२ जना मानिसको मृत्यु भइसकेको छ। ३ हजार २९ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।

बंगलादेशमा सोमबार ४ सय ९७ जना मानिस संक्रमित भएका छन् भने ७ जनाको मृत्यु भएको छ। योसँगै बंगलादेशमा संक्रमितको संख्या ५ हजार ९ सय १३ पुगेको छ। १ सय ५२ जनाको मृत्यु भइसकेको छ। १ सय ३१ जना मानिसलाई निको भइसकेको छ।

अफगानिस्तानमा सोमबार १ सय ७२ जना नयाँ बिरामी भेटिएका छन् भने ७ जनाको मृत्यु भएको छ। यो सँगै अफ्गानिस्तानमा संक्रमितको संख्या १ हजार ७ सय ३ पुगेको छ। ५७ जनाको मृत्यु भइसकेको छ। २ सय २० जना निको भइसकेका छन्।

श्रीलंकामा सोमबार ६५ जना मानिस संक्रमित भएका छन्। यो सँगै संक्रमित हुनेको संख्या ५ सय ८८ पुगेको छ। ७ जनाको मृत्यु भइसकेको छ। १ सय २६ जना मानिस उपचारपछि घर फर्किसकेका छन्।

माल्दिभ्समा सोमबार १२ जना नयाँ बिरामी थपिएसँगै संक्रमितको संख्या २ सय २६ पुगेको छ। १७ जना मानिस निको भएर घर फर्किसकेका छन्।

नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ। १६ जना निको भएर घर फर्किसकेका छन्।

भुटानमा ७ जना संक्रमित भएका छन्। ४ जना निको भएर घर फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस