लकडाउनका वेला स्वस्थ रहने ४ उपाय

बैशाख १५, २०७७

कोरोनाको कहरले मानिसको दैनिकीमा ठूलो परिवर्तन ल्याएको छ । अफिस, स्कुल, व्यापार सबै ठप्प भएका कारण एउटा रुटिनमा चलेको जीवनमा ब्रेक लागेको छ । अहिले घरैमा बसिने हुँदा शारीरिक–मानसिक सक्रियता कम हुन्छ । निश्क्रिय जीवनशैलीले रोग निम्त्याउन सक्छ । यस्तो अवस्थामा स्वस्थ रहने केही उपाय यी हुन सक्छन् :

लकडाउनको समयमा घरमै शारीरिक अभ्यास गर्न सकिन्छ । सकेसम्म बिहान सामाजिक दूरी कायम राखेर केही समय दौडने, साइकल चलाउने तथा हिँडडुल गर्ने गर्नुपर्छ । साथै, घरायसी काम गरेमा पनि शरीरमा सकारात्मक ऊर्जा पैदा हुन्छ।

– लकडाउनको अवधिमा व्यक्तिगत क्रियाकलाप घरभित्रै सीमित छन् । यतिवेला अधिकांशको समय खाने र सुत्नेमै बितिरहेको हुन सक्छ । अत्यधिक मसलेदार र चिल्लो–पिरो खानाले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ । तसर्थ, सकेसम्­म खानामा सन्तुलन मिलाउने र पौष्टिक आहारको सेवन गर्नु उचित हुन्छ ।

– अहिले जिम तथा व्यायाम केन्द्र बन्द छन् । यद्यपि, घरमै रहेर पनि साधारण अभ्यास गर्न सकिन्छ । बिहानीपख सामाजिक दूरी कायम राखेर केही घन्टा दौडने, साइकल चलाउने र हिँडडुल गर्न सकिन्छ । घरायसी कामकाजमा संलग्न रहँदा पनि शरीरलाई सकारात्मक ऊर्जा पैदा हुन्छ ।

– कार्यालय, स्कुल, कलेज जान नपर्ने र राति अबेरसम्म सामाजिक सञ्जालमा बस्ने गर्दा अधिकांशको दैनिकी बिहान ढिलो उठ्ने भइरहेको हुन सक्छ । तर, राति चाँडै सुत्ने र बिहान सबेरै उठ्ने गरेमा शारीरिक–मानसिक दुवै हिसाबबाट फाइदाजनक हुन्छ । बयस्क व्यक्तिले सातदेखि आठ घन्टा निदाउनुपर्छ । ढिलो सुत्ने र ढिलै उठ्ने बानीले मुटु, डायबेटिज, ब्रेन ह्यामरेजलगायत गम्भीर स्वास्थ समस्या निम्तिन सक्छन्।

– कोरोनाको त्रास, अस्तव्यस्त दैनिकी र लामो समय घरभित्रै रहँदा मनस्थितिमा तालमेल रहँदैन । यस्तो समयमा फ्रेस हुनका लागि नजिकका साथीभाइसँग गफगाफ, योग गर्ने र अनलाइन थेरापी लिन सकिन्छ । सिर्जनात्मक कार्यमा पनि व्यस्त रहन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस