लकडाउनमा थप कडाइ गर्न गृहको निर्देशन,पास विना गाडी गुडाउन नपाइने

बैशाख १५, २०७७

गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई आज परिपत्र गर्दै पास बिना कुनै पनि सवारी साधनलाई आवतजावतमा रोक लगाउन निर्देशन दिएकाे छ।

बिचल्लीमा परेका मजदुर र सर्वसाधारणलाई उद्धारका लागि केही दिन सवारीसाधनलाई साँझकाे समयमा अनाैपचारिकरुपमा केही खुकुलाे गराएकाेमा बीच सडकमा अलपत्र परेका तथा बिचल्लीमा परेका अधिकांशकाे उद्धार भइसकेकाे ठहर गर्दै आजबाट सवारीसाधन सञ्चालनमा राेक लगाएकाे गृहमन्त्रालय स्राेतले जानकारी दिएकाे छ।

सवारी साधनमा हुलमुलका साथ यात्रा गर्दा कोरोना संक्रमणले थप जटिलता निम्त्यानसक्ने भएकाले कडाइ गरिएकाे गृहकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस