टेक्टर दुर्घटनामा दाङमा एकजनाको मृत्यु

बैशाख १५, २०७७

दाङ, १५ बैशाख |  दाङमा टेक्टर दुर्घटना हुदा एक जनाको ज्यान गएको छ ।


सोमबार विहान ११ बजे टेक्टर पल्टिँदा सोहि टेक्टरमा काम गर्ने लमही नगरपालिका वडा नम्बर ५ कोलही निवासी १९ वर्षिय दिनेश चौधरीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक प्रज्वल थपलियाले जानकारी दिए ।

दुर्घटना कसरी भयो भन्ने बारेमा जानकारी नआएको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस