लकडाउन थपियो तर उद्योग खोल्न पाइने

बैशाख १४, २०७७

सरकारले लकडाउनको समय वैशाख २५गतेसम्म थपेको छ ।

 

आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले कोरोनाको जोखिम कायमै रहेको भन्दै लकडाउनको समय २५ गतेसम्म पुर्याएको हो । तर उद्योग कलकारखाना सञ्चालनमा भने खुकुलो बनाइएको एक मन्त्रीले जानकारी दिए ।

‘नागरिकहरुको लागि लकडाउन पहिले जस्तै कडा नै हुन्छ, तर उद्योग खोल्न भने खुकुलो बनाउने निर्णय भएको छ’, ती मन्त्रीले भने । चैतको ११ गतेदेखि लकडाउन गरिरहेको सरकारले अहिले तेस्रोपटक थपेर वैसाख २५ गतेसम्म पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस