सांसद महेश बस्नेत र पूर्व आईजी सर्वेन्द्र खनालविरुद्ध अपहरणको उजुरी

बैशाख १४, २०७७

 

सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको आरोपमा जनता समाजवादी पार्टीले नेकपाका सांसद महेस बस्नेत र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्ध मुद्दा दायर गरेको छ ।

पार्टी फुटाउनको लागि महोत्तरी पुगेर आफ्ना सांसद डा सुरेन्द्र यादवलाई अपहरण गरिएको जनता समाजवादी पार्टीले आरोप लगाएको छ ।

बस्नेत र खनाल र अर्का सांसद किसान श्रेष्ठविरुद्ध उजुरी दिन डाक्टर बाबुराम भट्टराई, राजेन्द्र महतो, उपेन्द्र यादव लगायतका नेता महानगरीय प्रहरी परिसर टेकु पुगेको नेता विश्वदीप पाण्डेले जनाए |

प्रतिक्रिया दिनुहोस