वीरगञ्जमा थप २ जनामा कोरोना देखियो संक्रमितको संख्या ५१ पुग्यो

बैशाख १४, २०७७

काठमाडौं- वीरगञ्जमा थप २ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। २ जनामध्ये एक जनालाई नारायणी अस्पतालमा उपचारका लागि ल्याइएको छ भने अर्का एक जनालाई क्वारेन्टाइनबाट अस्पताल ल्याउने तयारी भइरहेको छ।

संक्रमण देखिएका दुबै जना पुरुष हुन्। उनीहरुको उमेर लगभग ५० वर्ष रहेको बताइएको छ। दुई जनामध्ये वीरगञ्ज महानगरपालिकाका सफाई कर्मचारी हुन्।

उनीहरु दुबैको पिसिआर परीक्षणका क्रममा कोरोना संक्रमण देखिएको हो। यो सहित नेपालमा कोरोना संक्रमण देखिनेको संख्या ५१ पुगेको छ। जसमध्ये १६ जना निको भइसकेका छन्। अस्पतालमा उपचाररत अरुको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस