क्यानडाबाट टण्डनले उपलब्ध गराए २ लाख बढीको पिपिई

बैशाख १४, २०७७

तुलसीपुर । क्यानडामा बसोबास गर्दै आएका नरवहादुर टण्डनले तुलसीपुर र घोराही उपमहानगरपालिकालाई पिपिइ उपलब्ध गराएका छन् । कोरोना संक्रमणको समयमा फिल्डमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी लगायतकालाई सुरक्षाका लागि भनेर उनले दुईवटै उपमहानगरपालिकालाई संयुक्त रुपमा ४८ थान पिपिइ उपलब्ध गराएको जनस्वास्थ्य शाखाका प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिए ।

उच्च गुणस्तरको पिपिइको २ लाख २५ हजार रुपैया पर्ने उनले सहयोग गरेका हुन् । नेपाल पर्यटन बोर्ड क्यानडाको पूर्व प्रतिनिधि समेत रहेका टण्डन तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ४ लामिदमारका वासिन्दा हुन् । यसभन्दा अगाडि पनि उनले यहाँको पर्यटनसँग सम्वन्धि विभिन्न काम गर्दै आएका छन् ।

यसैविच आइतवार तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीलाई पिपिइ हस्तान्तरण गरिएको हो । ‘आफ्नो ठाउँमा केही सहयोग गरौ भनेर पठाएको हुँ, आवश्यक अन्य सहयोग पनि गर्नेछु’

प्रतिक्रिया दिनुहोस