बन्दाबन्दी र कोरोना

बैशाख १४, २०७७

 

सधैँ ब्यस्त रहने विश्व अहिले आराम गरिरहेको छ । कसैले कल्पना गर्न नसक्ने अवस्थाको सृजना भएको छ । उद्योग, धन्दा, कलकारखाना,ब्यापार,ब्यवसाय सवै वन्द भएको अवस्था छ । विश्व नै लकडाउनमा रहेको अवस्थामा नेपालमा पनि यसको असर विस्तारै देखिन थाल्यो ।

कोरोना भाइरस अर्थात कोविड १९ को संक्रमणवाट वच्न नेपाल सरकारले देश भर लकडाउनको घोषणा गरेको हो । २०७६ चैत ११ गते देखि २०७७ साल वैषाख १५ गते सम्मका लागि समय तोकेको छ । लकडाउनको अन्य कहिले हुने त्यसको पत्तो कसैलाइ छैन । के होला कसो होला यो सवैको चासो विषय वनेको छ । अबको दिनहरु कस्ता होलान भन्ने पनि कसैले केही भन्न सक्ने अवस्था छैन ।

मानिस आत्तीने वेला भएको छ, कहिले सहज होला र पुरानो अवस्थामा आउने होला भन्ने लागेको छ ।
जनस्वास्थ्य विज्ञका अनुसार अझै तीन हप्ता लकडाउन लम्वीने धारणा राखेका छन् । विगत तीन महिनाको अवधिमा कोरोना भाइरस दुईसय दश भन्दा धेरै देशमा फैलिएको छ र यसको उत्पत्ति भएको देश चीन संक्रमित संख्यामा पाचौ नम्वरमा आउछ ।

त्यहाँका ८२ हजार संक्रमीत मध्ये झन्डै १ हजार मानिसलाइ लक्षण नै नदेखिएको वताइएको छ । अहिलेसम्म ३ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । संसारका चार अरव मान्छे लकडाउनमा वसेका छन् । टर्कीमा ९३ वर्षीया महिला कोरोना संङ्क्रमित निको भएको खवर आएको छ । कोरोना निको हुने रोग हो भन्ने सन्देश दिएको छ , संक्रमित हुन वाट वच्नलाई आफ्नो घर भित्र सुरक्षीत तरिकाले वस्नु पर्छ । नेपालीहरु आफ्नो ब्यक्तिगत आनिवानीलाइ सुधार गनुपर्छ । मृत्युले धनि, गरिव, कालो, गोरो ,केही नभन्ने रहेछ ।

अहिले सम्मको दाङको तथ्याङलाइ हेर्ने हो भने सवैजनाको कोरोनाको स्वाब परिक्षण गर्दा सवै नेगेटिब आएको छ । उपचार नै नभएको रोगको लकडाउनले मान्छेको जीवन बचाउने रहेछ । घरमै वसेर विश्व अवलोकन गर्ने सक्ने भएका छौ र दुखलाइ कसरी सामना गर्नु पर्छ भन्ने पनि बुझ्नु जरुरी छ । हाम्रा आनिवानिहरुका कारण हामी दुखी हुन नपरोस् । यसैमा एउटा प्रसंग जोड्न चाहन्छु ।

दाङमा लकडाउन सुरु भए देखि २७ दिन पुग्दा सम्म झन्डै एक हजार छ सय सवारी साधन प्रहरीको नियन्त्रणमा परेका छन् । नियन्त्रणमा लिएका मध्ये सबै भन्दा धेरै दुई पाङग्रे सवारीका साधन छन् । स्थानिय सरकारले घरमै वस्न आग्रह गर्दागदै पनि वाहिर निस्केका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लियो होला । कति त छुटे अटेर गर्ने चार जनालाइ मुद्धा चलाएको कुरा मिडियावाट खवर पाएका छौ ।

यो समय गाउँका किसान खेतीपातिमा ब्यस्त रहने वेला हो । गहुँ , मसुरो काट्ने र भित्रयाउने समय हो । थ्रेसरले गहँु दाउनका लागि तेल किन्न वजार आएका किसानलाइ बाटोबाटै फिर्ता पठाइएको छ । आइतवार, मंगलवार,शुक्रवार वजार खुल्ने भएकाले गाउँका मानिस वजार सामान खरिदका लागि आउने गरेका छन् । लकडाउनको पालना गर्ने दवाव दिएर मात्र भएन । समयमा खेतीपाति स्याहारगर्न दिनु पर्छ ।

किसानको खेतीपातीलाइ प्राथमिकतामा राख्नु पर्छ । शहरवजारमा त घर भित्रै वसे पनि काम चल्छ तर गाँउघरमा खेतीपाति गर्ने मानिसलाइ घर भित्र सिमित भएर पुग्दैन । गाँउ अन्नको भन्डार हो । गाउले शहरको आबश्यकता पुरा गरेको छ । गाँउघरमा किसानले फलाएका तरकारी वारिमै कुहिन दिनु हुदैन । तरकारीको उचित ब्यबस्थापन गरेर बजारीकरण गर्नु पर्छ । मल, विऊका कुरामा चनाखो भएर स्थानिय सरकारले ब्यवस्थापन गर्नु पर्छ ।

गाउँका किसानलाइ सहज रुपमा काम गर्न दिनु पर्छ । समयको तालिका वनाएर काम गर्यो भने सवैलाइ सजिलो हुन्छ । कोरोनालाइ जित्न अवश्य सकिन्छ । सामाजिक दुरी होइन मानिस मानिस विचको भौतिक दुरी कायम गर्नु पर्छ । कोरोना लाग्दैमा मरिदैन, धेरै सन्चो भएर घरमा फर्किएका छन् । सवै मिलेर संयम अपनाउनु पर्छ जस्तो सुकै विपत्तीको पनि सामना गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस