कोरोनाबाट २ लाख बढीले ज्यान गुमाए , २९ लाख बढी संक्रमित

बैशाख १४, २०७७

 

कोरोना भाइरस (कोभिड-१९)संक्रमणबाट विश्वभर मर्नेको संख्या २ लाख नाघेको छ भने २९ लाख बढीमा यसको संक्रमण पुष्टि भइसकेको छ।

वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार शनिबारसम्म विश्वमा कोरोना भाइरसका कारण २ लाख ३ हजार १ सय ५४ जनाले ज्यान गुमाइसकेका छन्। सोही अवधिसम्म विश्वका २९ लाख १९ हजार ३ सय ३६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेको छ।

संक्रमितमध्ये ८ लाख ३६ हजार ४ सय ८६ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्केका छन्। हालः विश्वमा १८ लाख ७८ हजार ३ सय ५१ जना कोरोना भाइरस संक्रमित उपचारत छन्। उपचारतमध्ये ५८ हजार १ सय ७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने १८ लाख २० हजार १ सय ७३ जनाको अवस्था सामान्य छ।

नेपालमा हालसम्म ४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। संक्रमितमध्ये १२ जना उपचारपछि निको भइ घर फर्किसकेका छन्। ३७ जना विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्। नेपालमा कोरोना भाइरसको पहिलो बिरामी गत माघ ९ गते देखिएको थियो।

विश्वमा पहिलो पटक कोरोना भाइरस सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको उहानमा देखिएको थियो। त्यसयता यो भाइरस विश्वका २ सय १० देश तथा क्षेत्रमा फैलिसकेको छ। कोरोना भाइरसबाट अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, बेलायत, टर्की, इरान, चीन, रुस, ब्राजिल, क्यानडा, बेल्जियम, नेदरल्याण्ड्स, स्वीट्जरल्याण्ड, भारत, पेरु र पोर्चुगल सबैभन्दा बढी प्रभावित भएका छन्।

हालसम्म कोरोना भाइरसका सबैभन्दा बढी संक्रमित र मर्नेको संख्या अमेरिकामा रहेको छ। शनिबारसम्म अमेरिकामा ९ लाख ६० हजार ४ सय ४६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको छ, जसमध्ये ५४ हजार २ सय ४७ जनाको मृत्यु भइसकेको छ।

स्पेनमा २ लाख २३ हजार ७ सय ५९ जना कोरोना संक्रमित रहेकोमा २२ हजार ९ सय २ जनाले ज्यान गुमाइसकेका छन्। इटालीमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ९५ हजार ३ सय ५१ छ। यीमध्ये २६ हजार ३ सय ८४ जनाको मृत्यु भएको छ।

जर्मनीमा कोरोना भाइरस संक्रमित १ लाख ५६ हजार ४ सय १८ जना छन् भने ५ हजार ८ सय ७३ जनाको मृत्यु भइसकेको छ। फ्रान्समा १ लाख ६१ हजार ४ सय ८८ जना कोरोना भाइरस संक्रमित रहेकाछन्, जसमध्ये २२ हजार ६ सय १४ जनाको मृत्यु भएको छ।

बेलायतमा १ लाख ४८ हजार ३ सय ७७ जना कोरोना भाइरस संक्रमित रहेकोमा हालसम्म २० हजार ३ सय १९ जनाको मृत्यु भएको छ। टर्कीमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ७ हजार ७ सय ७३ पुगेको छ। यीमध्ये २ हजार ७ सय ६ जनाको मृत्यु भएको छ।

कोरोना भाइरसका कारण हालसम्म इरानमा ५ हजार ६ सय ५०, चीनमा ४ हजार ६ सय ३२, रुसमा ६ सय ८१, ब्राजिलमा ४ हजार ४५, क्यानाडामा २ हजार ४ सय ६५, बेल्जियममा ६ हजार ९ सय १७, नेदरल्याण्ड्समा ४ हजार ४ सय ९, स्वीट्जरल्याण्डमा १ हजार ५ सय ९९, आयरल्याण्डामा १ हजार ६३, स्वीडेनमा २ हजार १ सय ९२, पोर्चुगलमा ८ सय ८०, भारतमा ८ सय २५ र पेरुमा ७ सय जनाले ज्यान गुमाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस