दाङमा काेराेना परीक्षण सुरु

बैशाख १३, २०७७

 

वैशाख १ गतेदेखि नै सुरु गर्ने भनिए पनि मेसिन आउन ढिला हुँदा प्रयोगशाला स्थापनामा समय लागेको उनले बताइन्। अहिले प्रतिष्ठानको आइसोलेसनमा रहेका ९ र एक कैदी गरी १० जनाको स्वाब परीक्षण भइरहेको उपकुलपति भण्डारीले जानकारी दिएकी छन्। पिसिआरमा एकै पटकमा ८० जनासम्मको नमुना परीक्षण गर्न सकिने क्षमता भएकाले अब यस क्षेत्रका बिरामीलाई कोरोना परीक्षणका लागि सहज हुने भएको छ।

 

प्रदेश ५ को भैरहवा, नेपालगञ्ज र दाङमा प्रयोगशाला स्थापना गर्ने निर्णय भए अनुसार घोराहीस्थित प्रतिष्ठानमा पिसिआर मेसिन राखिएको हो। यसअघि स्वाब परीक्षणका लागि भैरहवा वा काठमाडौं लैजानुपर्ने बाध्यता रहेको थियो। हालसम्म जिल्लामा काठमाडौं र भैरहवा लगेर ७१ जनाको स्वाब परीक्षण गरिएको छ।

बेलझुण्डीमा १ सय शैया क्षमता रहेको कोरोना विशेष अस्पताल सञ्चालनमा छ। जिल्लामा विभिन्न अस्पतालमा १ सय ६६ आइसोलेसन र २ सय ८८ क्वारेन्टाइन शैया रहेका छन्। अहिलेसम्म १ सय आरडिटी किट ल्याएर क्वारेन्टाइनमा परीक्षण गर्ने काम भइरहेको छ।

प्रतिक्रिया दिनुहोस