लकडाउनमा गीतको नयाँ धुन
मेरो दुनिया वेग्लै छ , चट्ट सलाम छ , पिच गर्दिन्छु रोड लगायतका विभिन्न धुवाँदार गीतका गायक समिर आचार्य यतिबेला अष्ट्रेलियामा छन् ।
विगत एक दशकदेखि त्यही बसेर विभिन्न गीतहरु सृजना गरिरहेका आचार्यलाई लकडाउनले थप व्यस्त वनाएको छ । बन्द कोठामा उनी अनेक संगीतका रागसँग रमाइरहेका हुन्छन् ।
“मलाई एरेन्जको काममा साह्रै रुचि थियो अहिले त्यसैमा व्यस्त छु ” खबरशालालाई उनले भने । अहिले विभिन्न युट्युव च्यानल मार्फत उनले एरेन्ज सिकिरहेको वताए । “युट्युव र गुगललाई गुरु मानेर सिकिरहेको छुँ” उनले भने ।
यो सँगै गायक आचार्यले केही नयाँ शैलीका गीतहरु समेत सृजना गरेको वताए । “लकडाउनमा समाचार मात्रै हेरेर तनाव हुनुभन्दा नयाँ नयाँ काममा लागेको छुँ” आचार्यले भने । उनले केही समयमै नयाँ गीत वजारमा आउने जानकारी समेत दिए ।
हालै उनले अल्मोडासँग मिलेर गाएको घाँघरा चोली गीत निर्कै चर्चामा रहेको छ ।
प्रतिक्रिया दिनुहोस