स्वास्थ्यकर्मी केसीले जन्मदिनमा २२ औ पटक रक्तदान गरे

बैशाख १३, २०७७


तुलसीपुर । तुलसीपुरका एक स्वास्थ्यकर्मीले जन्मदिनको अवसर पारेर रक्तदान गरेका छन् । रक्तदान जीवनदान भएको भन्दै तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक विमले केसीले २२ औ पटक रक्तदान गरेका हुन् ।

लामो समयदेखि रक्तदान गर्दै आएको केसीले खेर जाने रगतलाई रगत अभाव भएर अर्थात रगत नपाएर अकालमा ज्यान गुमाउन नपरोस भनेर रक्तदान गर्ने गरेको वताए ।

डायलाईसिस गर्नु पर्ने विरामीहरु,अप्रेसन गर्नु पर्ने सुत्केरी ,सिकलसेल एनिमिया ,थलेसिमिया,जस्ता विरामीहरुको लागि आवश्यक रगतको अभाव नहोस् भन्नका लागि सबैले रक्तदान गर्नुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस