लक्ष्मीपुर क्वारेन्टाइनमा २९ जना पुगे

बैशाख १२, २०७७

 

शालिकराम मुसाफिर

बैशाख ।  कोरोना भाइरस (कोभिड–१९) को प्रकोपलाई मध्यनजर गर्दै सरकारले गरेको लकडाउनलाई पूर्णरुपमा पालना गर्दै तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १६ समितिको कार्यालयले स्थापना गरेको वडास्तरको सामुदायिक होम क्वारेन्टाइनमा १२ गतेसम्म बस्नेको संख्या २९ पुगेको छ ।

क्वारेन्टाइनमा काठमाडौं, पोखरा नुवाकोट लगायतका स्थानबाट आएका ९ जना महिला र २० जना पुरुष रहेको क्वारेन्टाइन ब्यवस्थापन समितिका सदस्य सचिव राजेन्द्र के.सी.ले जानकारी दिए । उनीहरु बैशाख ८ गतेदेखि ११ गतेसम्ममा आएका हुन् । उनीहरुलाई दुई हप्तासम्म उक्त क्वारेन्टाइनमा राखिने वडा अध्यक्ष भूपबहादुर केसीले जानकारी दिए । उनीहरुको नियमित रुपमा नगर स्वास्थ्य केन्द्रले चेकजाच गरिरहेको छ ।

उनीहरुको खानपिनमा विशेष ध्यान दिदै विहान ८ बजे चिया, अण्डा र चना, ११ बजे खानामा दालभात तरकारी त्यसैगरी दिउँसो ३ बजे चिया विस्कुट नास्ता र बेलुका ६ बजे खाना खाने समय तय गरिएको छ ।

यसैबीच उक्त क्वारेन्टाइनमा खाद्यान्न तथा अन्य आवश्यक सामग्री स्थानीयदाताहरुले उपलब्ध गराइरहेका छन् । पछिल्लो पटक बिजौरी उद्योग वाणिज्य संघले १० जार पिउने पानी , तुलसीपुर नगरपालिकाबाट १ सय २५ केजी चामल, ५ केजी नुन, १ गोटा नेट, १० गोटा साबुन उपलब्ध गराएको छ ।
त्यसैगरी मंगलम वालुवा प्रशोधन केन्द्र ग्वारखोलाका माधव बुढाथोकीले २ सय केजी चामल, तुलसीपुर–९ दोघरे निवासी यज्ञ बहादुर के.सी.ले ५ सय केजी चामल, सेवा इट्टा उद्योगका सुरेश बस्नेतले ६ सय के.जी चामल र तुलसीपुर–१९ निवासी हरी जि.एम.ले १ पेटी अण्डा उपलब्ध गराएका छन् ।

प्रतिक्रिया दिनुहोस