लक्ष्मी वैकले गर्यो तुलसीपुर फुड वैकमा सहयोग

बैशाख १०, २०७७

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले कोराना संक्रमणबाट पिडितहरुका लागि स्थापना गरेको तुलसीपुर फुड बैकमा तुलसीपुरमा शाखा रहेको लक्ष्मी वैकले खाद्यान्न लगायत विभिन्न सहयोग गरेको छ ।

गरिब र विपन्नहरुलाई लकडाउनको समयमा खाद्यान्न अभाव नहोस् भन्नका लागि सहयोग गरिएको वैकका प्रवन्धक सरोज चौधरीले जानकारी दिए ।

स्थानीय सरकार मार्फत राहत वितरण भएको कुरालाई सहयोग गरेको वताउँदै प्रवन्धक चौधरीले वैकका तर्फबाट ५ सय किलो चामल र २५ किलो दाल नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।

‘समाजका लागि हाम्रो दायित्व छ भन्ने कुरालाई मनन गरेर यो सहयोग गरिएको हो ’ प्रवन्धक चौधरीले वताए ।

उपमहानगरपालिकाले विपन्न वर्गका मानिसहरुलाई सहयोग गर्नका लागि तुलसीपुर फुड बैकको स्थापना गरेको नगरप्रमुख पाण्डेले जानकारी दिए । । उनले कुनै पनि विपन्न नागरिक खान नपाएरै भोकै वस्ने अवस्था सृजना हुन नदिने कुरा वताए ।

प्रतिक्रिया दिनुहोस