देउखुरीको बेलामा घाइते रतुवाको मृत्यु

बैशाख १०, २०७७

 

 


ओमप्रकाश गुप्ता
सिसहनियाँ ।  देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेलामा घाइते रतुवाको उपचारको क्रममा मृत्यु भएको छ । कुकुरले लखेटेर घाइते बनाएको मृगको उपचारको क्रममा मृत्यु भएको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख प्रविण विडारीले बताएका छन् ।

मंगलवार बेलुकी ५ बजेतिर गाउँमा कुकुरले लखेटेर घाइते बनाएको करिव १८ किलोको रतुवा उपचारको क्रममा मृत्यु भएको प्रमुख विडारीले बताएका छन् ।

स्थानीयहरूको खबर पश्चात् वनको टोली उक्त स्थानमा पुगेको थियोे । मृत्यु भएको रतुवालाई लमही सव डिभिजनको कम्पाउण्डमा गाडिएको वन कार्यालयले जनाएको छ ।

यस्तै मंसिर महिनामा एउटा रतुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालयका साहायक वन अधिकृत टेकन आचार्यले बताएका छन् । पछिल्लो समय यता रतुवाहरू बस्ती तिर आउन थालेका छन् । घाँसे मैदानमा चर्न मन पराउने भएको हुनाले बस्ती नजिकै आउने गरेको अधिकृत आचार्यले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस