सिंगईखोलामा महिला समुहले यात्रुलाई खाना खुवायो

बैशाख १०, २०७७

ओमप्रकाश गुप्ता

सिसहनियाँ  । लकडाउनमा परि  घर फर्कदै गरेका ३ सय बढी यात्रुलाई एक महिला समुहले खाना खुवाएको छ ।

लमही नगरपालिका वडा नम्बर १ र २ स्थित मिलिजुलि महिला समुहले २ दिन सम्म खाना खुवाएको समुहकी कुन्ता वलीले जानकारी दिएकी छिन् ।

महिलाहरुकै  लगानीमा ती यात्रुहरुलाई खाना खुवाएको समुहकी सरिता घिमिरेले बताइन्। पोखरा, कार्भेपलान्चोक, काठमाडौ लगायतका ठाउवाट घर बाँके, बर्दिया, कैलाली , सल्यान र दाङ जाने क्रममा सिंगई खोलामा ती यात्रुलाई खाना खुवाएको बताइएको छ ।

घोडाघोडी नगरपालिका १० कैलालीका नबिन बिस्वकर्माले अाफुहरु कार्भेपलान्चोकबाट लकडाउनका कारण घर फर्केको बताए। लमही नगरपालिका २ का वडाध्यक्ष नेपालु चौधरी, गाउँ अगुवा लोकराज सेढाईको समन्वयमा यात्रुहरुलाई खाना खुवाएर गन्तब्यमा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस