अध्यादेशले होइन विचारले फुट्छ पाटी

दृष्टिकोण

बैशाख १०, २०७७

विपक्षी दलका नेताहरुले यसखालको टिप्पणी गर्नु खासै अनौठो कुरा होइन तर नेकपा भित्रैका इमान्दार भनिएका कार्यकर्ताले समेत पाटी विभाजन हुँदा चिन्ता भन्दा पनि खुसी प्रकट गरेको जस्तो देखिन्छ ।

आजभोलि फेरी नेपालको राजनीतिमा एउटा नयाँ वहसको सुरुवात जस्तो देखिन थालेको छ । यसलाई वहस त भन्न नमिल्ला तर एउटा मनगढन्ते तर्कका सुरुवात यो । हाम्रो बानी नै छ पानी पर्नुभन्दा पहिले वादल गर्जनु पर्ने । अब पानी पर्नसक्छ भन्ने बानी परेका हामी विना वादल पानी पर्दा अनौठो मान्नु स्वभाविक हो ।

नेपालीका राजनीतिमा एक्कासी एउटा अध्यादेश जारी भयो । ४० का नाममा सबै ध्यान कोरोना भाइरसबाट एकाएक यतातिर मोडियो । सबैले छोटो विश्लेषण नेकपा विभाजनतिर अगाडि वढ्न लाथ्यो भन्ने सामाजिक सञ्जालमा लेख्ने क्रमको सुरुवात भयो । विपक्षी दलकाले लेख्नु ठीकै होला तर यहाँ राजनीतिलाई गहिरो ढँगले छामेकाहरुले समेत सतही ढँगले यसको विश्लेषण गरिरहेका छन् ।

नेपालको राजनीतिमा आश्चर्यचकित ढँगले एक भएका दुई बामपन्थीदलको अहिलसम्म आइपुग्दा पनि भावनात्मक एकता हुन नसक्नु भन्ने खालको तर्कले मुख्य गरेर वजार रापिलो वनाइरहेको छ । एकताको गाँठो कमजोर भएको हुँदा यी दल फेरी विभाजन तिर जान्छन् भन्ने खालका कुराहरु देखिएका छन् ।

विपक्षी दलका नेताहरुले यसखालको टिप्पणी गर्नु खासै अनौठो कुरा होइन तर नेकपा भित्रैका इमनदार भनिएका कार्यकर्ताले समेत पाटी विभाजन हुँदा चिन्ता भन्दा पनि खुसी प्रकट गरेको जस्तो देखिन्छ । अध्यादेशले के महत्व वोकेको छ ? यसले पाटी र देशलाई क्षति या फाइदा के पुग्छ भन्ने खालको कुराको विश्लेषण भन्दा पनि नेकपाका फुटकै अाँखाले हेर्न गरिएको पाइएको छ ।

पाटीलाई गहिरो ढँगले नवुझेकाहरुले नै अहिले अध्यादेशको विरोध गरिरहेका छन् । नाम सुनेको आधारमा होइन त्यसको अन्तर्मर्मलाई वुझेर विश्लेषण गर्नुपर्ने हो ।

कुनै पनि काुनन या अध्यादेशले पाटी फुट्ने या जुट्ने हुँदैन । भावना र विचारले हो पाटी जोगिने या फुट्ने भन्ने कुरा । यो अध्यादेश नेकपाका लागि मात्रै होइन । अन्य दलहरुमा पनि लागु हुनुपर्ने देखिन्छ । अहिले नै यो अध्यादेश ल्याउनु आवश्यक थियो या थिएन त्यो वहसको विषय वन्न सक्छ तर अध्यादेश आउँदैमा पाटी विभाजनमा जान्छ भन्नु मुर्खताको पराकाष्ठा हो ।

अरुको घरमा आगो लागे तापेर रमाउँला भनेर पर्खने सबै राजनीति दलको इतिहास र चरित्र नेपाली जनताले वुझेका छन् । अहिलेको परिवेशमा कसैले पनि आँकलनका भरमा खिर खाने सपना नदेख्दा राम्रो होला ।

तर विडम्वना यहाँ नेकपा एकता पछि पाटी भित्रै एक अर्कालाई कटाक्ष गर्ने र दोहोरीमा रमाउने केही नेताहरुलाई परेको छ । घरको कुरा घरमै मिलाउनु आवश्यक हुन्छ । वजारमा कराएर कहिल्यै पनि समाधान हुँदैन पाटी एक हुँदा नियोजित फाइदा लिनबाट चुकेकाहरुले नै विरोधका आवाज चर्काएका छन् । पाटीले समुद्रको आकार लिदा केही भेल पनि मिसिएको रहेछ । त्यही भेलले कहिलकाही आकार लिइरहेको हुन्छ । तर त्यसले जे गरेपनि सिँगो समुद्रलाई धमिलो वनाउन सक्दैन ।

नेकपा भित्रैको कटाक्षले फाइदा कसलाई हुन्छ ? हामीले हाम्रो पाटीलाई राम्रो वनाउने तिर जाने की एक अर्कालाई कटाक्ष मात्रै गर्ने ?यसले के असर गर्यो भन्ने बारेमा सोच्नु पर्दैन । यता हाम्रो ध्यान गएन केवल हामी आत्मकेन्द्रीत मात्रै भयौ ।

 

पावरमा रहेको नेताको अगाडि पछाडि लाग्ने, फोटो खिच्ने सामाजिक सञ्जालमा पोष्टिने र त्यसैलाई भजाइ खाने हाम्रो नियत छ । इमानदार कार्यकर्ताले यस्तो काम कहिल्यै पनि गर्दैन । पाटीका वारेमा सोचिरहन्छ । क्षमता नहुने केवल फोटो सेसन र चाकडीका आधारमा कुनै अमुक नेताको पछाडि लाग्नेहरुले आफ्नो स्वार्थ पुरा गर्ने काम गरिरहेका छन् । यस्ता व्यक्तिहरु अन्य पाटीमा पनि दोभाषेको काम गरिरहेका हुन्छन् ।

पाटीलाई गहिरो ढँगले नवुझेकाहरुले नै अहिले अध्यादेशको विरोध गरिरहेका छन् । नाम सुनेको आधारमा होइन त्यसको अन्तर्मर्मलाई वुझेर विश्लेषण गर्नुपर्ने हो । अध्यादेशले कुनै पहाडै फोर्ने होइन । कसैलाई नाखेडोरी फुकालिदिएको मात्रै हो ।

नाखेडोरी सबै दललाई असहज र जटिल महसुस भएको थियो । यो बुझेर नै प्रधानमन्त्रीज्युले सहज वनाइ दिनुभएको हो । अव हेरौ धैर्य गरौ । तपाईहरुका आशंका कहाँ गएर ठोकिन्छ र लागु । जसको इतिहास पिपै पिले भरिएका कुण्ड हुन्छन्, अहिले आएर आफु दुध पोखरी वन्न नखोज्दा हुन्छ । किनकी जनताले उहिल्यै चिनिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस