संक्रमितको संख्या साढे २५ लाख नाघ्यो, १ लाख ७७ हजार बढीको मृत्यु

बैशाख १०, २०७७

विश्वभर कोरोना भाइरस (कोभिड-१९) का संक्रमितको संख्या साढे २५ लाख नाघेको छ भने यसबाट १ हजार ७७ हजारभन्दा बढीको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार मंगलबारसम्म विश्वका २५ लाख ५५ हजार ७ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ। सोही अवधिसम्म कोरोना भाइरसले विश्वका १ लाख ७७ हजार ४ सय ५९ जनाको ज्यान लिइसकेको छ।

कूल संक्रमितमध्ये हालसम्म ६ लाख ९० हजार २ सय १९ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्केका छन्। हालः विश्वका विभिन्न अस्पताल तथा घरमै बसेर कोरोना भाइरसका १६ लाख ८८ हजार ५९ जना बिरामी उपचारत छन्। यीमध्ये ५७ हजार २ सय ५४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने १६ लाख ३० हजार ८ सय ५ जनाको अवस्था सामान्य रहेको जनाइएको छ।

नेपालमा हालसम्म ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यीमध्ये चार जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। बाँकीको अहिले उपचार चलिरहेको छ। मंगलबार एकैदिन नेपालमा ११ जना कोरोना भाइरस संक्रमित भेटिएका थिए। नेपालमा भेटिएका कोरोना संक्रमितमध्ये आधाभन्दा बढी उदयपुर जिल्लामा रहेका छन्। नेपालमा पहिलो कोरोना संक्रमित गत माघ ९ गते देखिएका थिए।

कोरोना भाइरस विश्वमा पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको थियो। त्यसयता यो भाइरस विश्वमा २ सय १० देश तथा क्षेत्रमा फैलिसकेको छ।

कोरोना भाइरसबाट सबैभन्दा प्रभावित देशमा अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, बेलायत, टर्की, इरान, चीन, रुस, ब्राजिल, बेल्जियम, क्यानाडा, नेदरल्याण्ड्स, स्वीट्जरल्याण्ड, पोर्चुगल र भारत रहेका छन्।

हालसम्म कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढीको मृत्यु अमेरिकामा भएको छ भने सबैचभन्दा बढी संक्रमित पनि त्यहीँ देखिएका छन्।

अमेरिकामा हालसम्म ८ लाख १८ हजार ७ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ, जसमध्ये ४५ हजार ३ सय १८ जनाको मृत्यु भएको छ। स्पेनमा २ लाख ४ हजार १ सय ७८ जना कोरोना संक्रमित रहेकोमा २१ हजार २ सय ८२ जनाको मृत्यु भइसकेको छ।

इटालीमा कोरोना संक्रमितको संख्या १ लाख ८३ हजार ९ सय ५७ पुगेको छ। यीमध्ये २४ हजार ६ सय ४८ जनाको मृत्यु भइसकेको छ। फ्रान्समा कोरोना संक्रमित १ लाख ५८ हजार ५० जना रहेका छन्, जसमध्ये २० हजार ७ सय ९६ जनाको मृत्यु भएको छ।

जर्मनीमा रहेका १ लाख ४८ हजार ४ सय ५३ जना कोरोना भाइरस संक्रमितमध्ये ५ हजार ८६ जनाको मृत्यु भइसकेको छ। बेलायतम कोरोना भाइरस संक्रमितको संख्या १ लाख २९ हजार ४४ पुगेको छ। यीमध्ये १७ हजार ३ सय ३७ जनाले ज्यान गुमाइसेका छन्।

टर्कीमा कोरोना भाइरस संक्रमितको संख्या ९५ हजार ५ सय ९१ पुगेको छ, जसमध्ये २ हजार २ सय ५९ जनाको मृत्यु भइसकेको छ। इरानमा ८४ हजार ८ सय २ जना कोरोना संक्रमित रहेकोमा ५ हजार २ सय ९७ जनाको मृत्यु भइसकेको छ। चीनमा कोरोना भाइरस संक्रमितको संख्या ८२ हजार ७ सय ५८ छ। यीमध्ये ४ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस