यात्रुलाई गन्तव्यमा पुर्याउने चालकलाई महतारा दम्पतिको सहयोग

बैशाख ०, २०७७

तुलसीपुर ।

समाजवादी पाटी प्रदेश नम्बर पाँचका सदस्य टोपबहादुर महतारा र जिल्ला सदस्य गिता बिष्टले तुलसीपुर उपमहानगरपालिकाको मेयर विपद् राहत कोषमा २० हजार नगद सहयोग हस्तान्तरण गर्नुभएको छ ।

लकडाउनका कारण बाटोमा हिडेका पैदलयात्रीलाई गन्तव्यस्थानमा पु¥याइदिने चालकको लागि महतारा दम्पतिले नगद २० हजार सहयोग गर्नुभएको हो ।

लामो समयदेखि समाजसेवामा लागिरहेका महतारा दम्पतिले फेरि पछिल्लो समय लकडाउका कारण पैदल हिड्न बाध्य यात्रुलाई गाडीमा गन्तव्य स्थानसम्म पु¥याईदिने चालकका लागि नगद सहयोग गर्नुभएको हो ।

समस्यामा परेका नागरिकलाई कठिन परिस्थितिमा पनि घरसम्म पु¥याइदिने सवारी चालकको खाना तथा भत्ताको व्यवस्थापनका लागि नगद सहयोग गरेको समाजसेवी महताराले बताउनुभयो ।

उपमहानगरपालिकाको मेयर विपद् व्यवस्थापन राहत कोषमार्फत ति चालकलाई भत्ता तथा खानाको लागि रकम सहयोग गरिएको उहाँको भनाई छ । ‘विपद्मा परेका पैदल यात्रुलाई सवारीमा गन्तव्यस्थान सम्म पु¥याउनेलाई प्रोत्साहनका लागि सहयोग गरेका हौँ, गिता विष्टले भन्नुभयो–‘अफ्ठेरोमा परेका नागरिकलाई यस्तो परिस्थितिमा गन्तव्यस्थान सम्म पु¥याउने चालक महान हुन्, यसकै मूल्यांकन गर्दै हामीले सहयोग गरेका छौँ ।’

नगरप्रमुख घनश्याम पाण्डेले सहयोग गर्ने महतारा दम्पत्तिलाई धन्यवाद दिनुभयो । उहाँले महतारा दम्पतिले विभिन्न समयमा विपदमा परेका नागरिकलाई सहयोग गरेको प्रशंसा गर्दै अहिलेको अवस्थामा एक–अर्कामा सहयोग जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस