सामाजिक दुरी कायम गर्दै तुलसीपुरमा कार्यपालिका वैठक, खाद्यान्न वितरणलाई श्रमसँग जोडिने

बैशाख ०, २०७७  |  ६५२ पटक पढिएको

 

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले सामाजिक दुरी कायम गर्दै कार्यपालिकाको ८४ औ वैठक सम्पन्न गरेको छ । कोरोनाको संक्रमण व्यवस्थापनका साथै अन्य विभिन्न आपतकालिन निर्णय गरिएको प्रवक्ता श्याम डाँगीले वताए ।

नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको वैठकले दोस्रो चरणको राहतलाई फरक ढँगले अगाडि वढाउने भएको छ । पहिलो चरणमा ६ हजार वढिलाई राहत वितरण गरेको उपमहानगरपालिकाले राहत र रोजगारलाई सँगै अगाडि वढाउने निर्णय गरेको छ ।

राहत लिनेलाई श्रममा लगाउने गरी श्रम वैक स्थापना गर्ने कुरालाई कार्यपालिकाले निर्णय गरेको प्रवक्ता डाँगीले वताए । विपन्नलाई राहत दिने र सो वाफत वडा वडाका विभिन्न विकासका काममा उनीहरुलाई लगाउने गरी राहतको काम अगाडि वढाउने भएको छ । ‘काम र माम भन्ने कुरालाई एकै साथ अगाडि वढाइने भएको हो ’ प्रवक्ता डाँगीले भने ।

श्रम वैकलाई सञ्चालन गर्नका लागि वडाध्यक्षको संयोजकत्वमा वडा वडामा श्रम समिति वनाइने छ । यस्तो समितिले कामसँगै खाद्यान्न पनि उपलब्ध गराउने छ । ‘जनता भौकै पनि नरहुन् र काम पनि पाउन् भन्नका लागि यस्तो योजना अगाडि वढाइएको हो ’ नगरप्रमुख पाण्डेले भने ।
‘असक्त, ज्येष्ठ नागरिक लगायतकालाई भने राहतका लागि श्रम वैकमा काम गर्नुपर्ने छैन’ नगरप्रमुख पाण्डेले भने ।

उनले तत्कालै श्रम वैकको काम अगाडि वढ्ने समेत वताए । वाहिरबाट फर्किएका श्रमिकहरुलाई काममा लगाउनका लागि पनि यस्तो निर्णय गरिएको हो ।

श्रम बैकमा स्थानीयलाई प्राथमिकतामा राखेर काम गराइनेछ ।

कार्यपालिकाको वैठकले संघ, प्रदेश र स्थानीय स्तरका ठेक्कामा गइसेकका योजना सञ्चालन गर्ने भएको छ । ‘सामाजिक दुरीलाई कायम गरेर काम अगाडि वढाइने भएको हो ’ प्रवक्ता डाँगीले भने । उनले उपमहानगरपालिकाका आपतकालिन योजनाहरु पनि सञ्चालन गर्ने भएको छ ।
यसैविच उपमहानगरपालिकाले राहत वितरणका वारेमा अनुगमन गर्ने भएको छ ।

कार्यपालिका सदस्य देवराज विकको संयोजकत्वमा ७ सदस्यिय समिति वनाइएको छ । यसैविच कृषि उपजको उपलब्धताका लागि वडाको संयोजनमा सहकारी मार्फत काम अगाडि वढाइने भएको छ । ‘कृषकलाई मल विउँ विजन सहकारीले उपलब्ध गराउनेछ ’ प्रवक्ता डाँगीले भने ।

यसैविच वैठकले उपमहानगरपालिका विपद् व्यवस्थापन शाखाले वनाएको कोरोना संकट व्यवस्थापन कार्ययोजना पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस