फुड बैकमा एन एम बि बैकको राहत

बैशाख ०, २०७७

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले कोराना संक्रमणबाट पिडितहरुका लागि स्थापना गरेको फुड बैकमा तुलसीपुरमा शाखा रहेको एनएमबि बैकले खाद्यान्न लगायतको सहयोग गरेको छ ।

गरिब र विपन्नहरुलाई खाद्यान्न अभाव नहोस् भन्नका लागि सहयोग गरिएको वैकका शाखा प्रवन्धक सुमन सुवेदीले वताए ।
वैकले सामाजिक काममा समेत अग्रसरता देखाएको भन्दै प्रवन्धक सुवेदीले १२ सय किलो चामल,८० लिटर तेल,१ सय किलो दाल,८० पोका सोयाविन र १ सय किलो नुन नगरप्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेको हो ।

‘समाजका लागि हाम्रो दायित्व छ भन्ने कुरालाई मनन गरेर यो सहयोग गरिएको हो ’ प्रवन्धक सुवेदीले वताए । राहत वितरण कार्यक्रममा वैकका ऋण अधिकृत बालकृष्ण पराजुली, वसन्त न्यौपाने, शान्ता पोख्रेल र सीमा वस्नेतको सहभागिता रहेको थियो ।

उपमहानगरपालिकाले विपन्न वर्गका मानिसहरुलाई सहयोग गर्नका लागि तुलसीपुर फुड बैकको स्थापना गरेको नगरप्रमुख पाण्डेले जानकारी दिए । । उनले कुनै पनि विपन्न नागरिक खान नपाएरै भोकै वस्ने अवस्था सृजना हुन नदिने कुरा वताए ।

प्रतिक्रिया दिनुहोस