कोरोना संक्रमितको संख्या २५ लाख नजिक, १ लाख ७० हजार बढीको मृत्यु

बैशाख ०, २०७७

विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या २५ लाख नजिक पुगेको छ भने यसले १ लाख ७० हजारभन्दा बढीको ज्यान लिइसकेको छ।

वर्ल्डोमिटर्सको तथ्याङ्कअनुसार सोमबारसम्म विश्वका २४ लाख ८१ हजार ०२६ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भइसकेको छ। सोमबारसम्म कोरोना कारण विश्वमा १ लाख ७० हजार ४ सय २३ जनाको मृत्यु भएको छ।

संक्रमितमध्ये हालसम्म ६ लाख ४६ हजार ६ सय ७५ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्केका छन्। अहिले विश्वमा उपचारत कोरोना भाइरस संक्रमितको संख्या १६ लाख ६३ हजार ९ सय २८ रहेको छ। उपचारतमध्ये ५६ हजार ७ सय ६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको भने १६ लाख ७ हजार १ सय ६३ जनाको अवस्था सामान्य छ।

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३१ पुगेको छ। संक्रमितमध्ये ४ जना उपचारपछि निको भई घर फर्किसकेका छन् भने २७ जना उपचारत छन्। उपचारत सबैको अवस्था सामान्य रहेको जनाइएको छ।

कोरोना भाइरस पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको उहानमा देखिएको थियो। त्यसयता यो भाइरस विश्वका २ सय १० देश तथा क्षेत्रमा फैलिसकेको छ। सुरुमा चीनमा सबैभन्दा प्रभाव पारेको यो भाइरस पछिल्लो समय युरोप र अमेरिकामा तिव्र गतिमा फैलिरहेको छ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित देशमा अमेरिका, स्पेन, इटाली, जर्मनी, फ्रान्स, बेलायत, टर्की, इरान, चीन, रुस, ब्राजिल, बेल्जियम, क्यानाडा, नेदरल्याण्ड्स, स्वीट्जरल्याण्ड,पोर्चुग र भारत रहेका छन्।

अमेरिकामा हालसम्म ७ लाख ९२ हजार ७ सय ५९ जनामा कोरोना भाइरस देखिएको छ, जसमध्ये ४२ हजार ५ सय १४ जनाको मृत्यु भइसकेको छ। स्पेनमा २ लाख २ सय १० जना कोरोना भाइरस संक्रमित पुगेकोमा २० हजार ८ सय ५२ जनाको मृत्यु भएको छ।

इटालीमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ८१ हजार २ सय २८ पुगेको छ। यीमध्ये २४ हजार १ सय १४ जनाको मृत्यु भइसकेको छ। फ्रान्समा १ लाख ५५ हजार ३ सय ८३ जना कोरोना संक्रमित छन्, जसमध्ये २० हजार २ सय ६५ जनाको मृत्यु भएको छ।

जर्मनीमा १ लाख ४७ हजार ६५ जना कोरोना भाइरसका संक्रमित रहेकोमा हालसम्म ४ हजार ८ सय ६२ जनाको मृत्यु भएको छ। बेलायतमा संक्रमितको संख्या १ लाख २४ हजार ७ सय ४३ पुगेको छ, जसमध्ये १६ हजार ५ सय ९ जनाको मृत्यु भइसकेको छ।

यस्तै, टर्कीमा ९० हजार ९ सय ८०, इरानमा ८३ हजार ५ सय ५, चीनमा ८२ हजार ७ सय ५८, रुसमा ४७ हजार १ सय २१, ब्राजिलमा ४० हजार ७ सय ४३, बेल्जियममा ३९ हजार ९ सय ८३, क्यानाडामा ३६ हजार ८ सय २९ र नेदरल्याण्ड्समा ३३ हजार ४ सय ५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन्।

हालसम्म कोरोना भाइरसबाट टर्कीमा २ हजार १ सय ४०, इरानमा ५ हजार २ सय ९, चीनमा ४ हजार ६ सय ३२, रुसमा ४ सय ५, ब्राजिलममा २ हजार ५ सय ८७, बेल्जियममा ५ हजार ८ सय २८, क्यानाडामा १ हजार ६ सय ९० र नेदरल्याण्ड्समा ३ हजार ७ सय ५१ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस