राष्ट्रपतिले जारी गरिन् राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश

बैशाख ०८, २०७७

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन र संविधानिक परिषद्को गणपूरक संख्यासम्बन्धी अध्यादेश जारी गरेकी छन्।

राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७७ र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश,२०७७ राष्ट्रपति भण्डारीले जारी गरेकाे राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले  विज्ञप्तिमार्फत जानकारी दिए। घिमिरेले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको जनाएका छन् ।

सोमबार दिउँसो मन्त्रिपरिषद् बैठकले यी दुवै अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

अध्ययादेश अनुसार अब राजनीतिक दल फुटाउन संसदीय दल र पार्टीको केन्द्रीय कमिटीका कम्तीमा ४० प्रतिशत सदस्य आफ्नो पक्षमा हुनुपर्ने अहिलेको प्रावधानमा परिवर्तन गभएको छ। अब दल विभाजनका लागि संसदीय दल वा पार्टीको केन्द्रीय कमिटीमा ४० प्रतिशत सदस्य संख्या भए पुग्ने नयाँ प्रावधान लागू भएको छ।

प्रतिक्रिया दिनुहोस