मन्त्रीपरिषद्को निर्णय पछि के भन्छन् नेकपाका नेता ?

बैशाख ०८, २०७७

मन्त्रीपरिषद्को वैठकले आज पाटी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने गरी अध्यादेश ल्याउने निर्णय गरेसँगै नेकपा भित्र भुइचालो गएको छ । केही नेताले यो निर्णय नेकपा विभाजनसँग सम्वन्धित नभएको वताएका छन् भने कतिपयले यसले पाटीभित्र विभाजन ल्याउने वताएका छन् । यसैविषयलाई लिएर नेकपाको सचिवालय वैठक समेत वसेको छ । कुन नेताले के के भने भनेर खवरशालामा उनका भनाईहरु जस्ताका तस्तै राखिएको छ ।

दुइ तिहाई आफैसँग हुँदा हुँदै अरु पाटी फुटाउन किन आवश्यक भयो ?
जनार्दन शर्मा, पूर्व गृहमन्त्री

ऐनले पार्टी फुट्ने नि होइन, ऐनले पार्टी जुट्ने पनि होइन।४०५ को प्रावधान लोकतान्त्रिक विशेषता नै हो । अनुशासित बनौ, जिम्मेवार बनौ ।’
शंकर पोख्रेल, मुख्यमन्त्री


हरेक ऐनको विशिष्ट उद्देश्य हुन्छ । ४० प्रतिशतले हुने ऐनको उद्देश्यले सशंकित वनायो । आशा गरौ शंका गरेजस्तो नहोस् । विभाजनले कमजोर वनाउँछ ।
घनश्याम पाण्डे, नगरप्रमुख तुलसीपुर उमनपा

 

प्रतिक्रिया दिनुहोस