तुलसीपुर क्वारेन्टाइनका ८ जनाको रिपोर्ट “नेगेटिभ”

बैशाख ०८, २०७७

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेका ८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । वडा नम्वर ३ र ४ का उनीहरु १४ दिन क्वारेन्टाइनमा वसेपछि आज र्यापिड टेस्ट गरिएको जनस्वास्थ्य निरिक्षक विमल केसीले जानकारी दिए ।

उनका अनुसार रिपोर्ट नेगेटिभ आएकाहरुलाई आज नै क्वारेन्टाइनबाट विदा गरिएको छ । क्वारेन्टाइनमा २६ जना वस्दै आएका थिए । अन्यको पनि १४ दिन पुरा गरेर र्यापिड टेस्ट गरिने केसीले जानकारी दिए । नेगेटिभ रिपोर्ट आएकाहरु भारतबाट आएका थिए ।

प्रतिक्रिया दिनुहोस