व्यवसायी डाँगी दम्पत्तिले गरे राहत कोषमा सहयोग

बैशाख ०८, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको कोरोना विपद् राहत कोषमा पूर्णिमा सप्लायर्सका सञ्चालक डम्वर वहादुर डाँगी हेमन्त र पूर्णिमा डाँगीले संयुक्त रुपमा सहयोग गरेका छन् । गरिव र विपन्न परिवारलाई जीवनयापनका लागि सहयोग होस् भनेर डाँगी दम्पत्तिले १५ हजार ३ सय ११ सहयोग गरेका हुन् ।

‘समाजका लागि हाम्रो दायित्व छ भन्ने कुरालाई मनन गरेर यो सहयोग गरिएको हो ’ सहयोगी डाँगीले भने ।

उपमहानगरपालिकाले ५० लाख रकम जम्मा गरेर स्थापना गरेको कोषमा विभिन्न व्यक्तिहरुले सहयोग गर्दै आएका छन् ।

नगद रकम ग्रहण गर्दै नगरप्रमुख घनश्याम पाण्डेले एकद्वार प्रणालीबाट राहत वितरण गरेको जानकारी दिए । उनले कुनै पनि विपन्न नागरिक खान नपाएरै भोकै वस्ने अवस्था सृजना हुन नदिने कुरा वताए ।

प्रतिक्रिया दिनुहोस