दाङ्गमा लकडाउनमा सुरक्षा अपनाउँदै विकासको काम

बैशाख ०८, २०७७

तुलसीपुर । लकडाउनको समयमा सजगता अपनाएर महत्वपूर्ण विकासका कामहरु अगाडी वढाउने दाङ्गका विभिन्न सरोकारवालाहरु विच सहमति भएको छ ।

घोराहीमा आयोजना गरिएकाे सर्वपक्षिय वैठकमा लकडाउनका कारण अलपत्र अवस्थामा रहेको विभिन्न विकासका अधुरा योजनाहरु पुरा गर्ने सहमति भएको हो । कोरोनाबाट जोगिनका लागि पूर्ण सुरक्षा मापदण्ड पुरा गरेर कामदारहरुलाई काममा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले खबरशालालाई वताए ।

दाङ्गका दशवटै पालिकाका प्रमुख, राजनीतिक दल, सामाजिक संघसंस्थाका प्रतिनिधि, नागरिक समाज लगायत अन्य सरोकारवालाहरुले फोरलेन सडक, पुल, सिचाँइ आयोजना लगायत अन्य महत्वपूर्ण आयोजनाहरु सञ्चालन गर्ने सहमति भएको हो ।

विकास निर्माणका काम अगाडि वढाउँदा पूर्णत सजगता अपनाउनुका साथै स्थानीय तहहरुले समन्वय गर्ने पनि निर्णय भएको प्रजिअ रिजालले खबरशालालाई जानकारी दिए ।

यसैगरी कृषिक्षेत्रका उपकरण, मल विउँ विजन लगायका कुराहरु सहकारी मार्फत किसानहरुलाई उपलब्ध गराउने पनि निर्णय भएको हो । “कृषि उपजलाई किसानको घरसम्मै सहज वनाउने कुरा भएको छ ” वैठकमा सहभागी तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले भने ।

वैठकले एकद्धार प्रणालीलाई व्यवस्थित वनाउँदै अगाडि वढाउने र राहत वितरणमा प्रहरी, दाता र स्थानीय तहको प्रतिनिधिको अनिवार्य उपस्थिति हुनेपर्ने कुरालाई कडाईका साथ अगाडि वढाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस