भारतमा १६ हजार बढी संक्रमित, ५१९ को मृत्यु

बैशाख ०८, २०७७

भारतमा कोरोना भाइरसका कारण हुने कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ५१९ पुगेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमितको संख्या १६ हजार भन्दा बढी पुगेको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म १६ हजार ११५ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये ५१९ जनाको मृत्यु भयो भने २३ सय एकजना निको भएर घर फर्किएका छन् ।

सबैभन्दा बढी प्रभावित भएको महाराष्ट्रमा संक्रमितको संख्या ३६ सय ५१ पुगेको छ। त्यहाँ २११ जनाको मृत्यु भइसकेको छ ।

यस्तै दिल्लीमा संक्रमितको संख्या १८ सय ९३ पुगेको छ । दिल्लीमा हालसम्म ४३ जनाको कोभिड–१९ बाट ज्यान गएको छ । मध्य प्रदेशमा १४ सय सातजनामा संक्रमण पुष्टि भएकोमा ७० जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस